विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारण लाइनको विद्युत उपयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले उत्पादित विद्युत मुलुकभित्रै खपत बढाउने  अभियान अन्तर्गत बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरूलाई १३२ केभी लाइनको विद्युत उपयोग गर्न आग्रह गरेको हो ।

अहिले त्यस क्षेत्रका उद्योगहरूले ११ र ६६ केभी लाइनबाट विद्युत उपयोग गर्दै आइरहेको छन् । ११ र ६६ केभी लाइनबाट विद्युत लिँदा यस क्षेत्रका उद्योगले गुणस्तरीय विद्युत उपयोग गर्न पाएका छैनन् ।

उद्योगले १३२ केभी लाइनको विद्युत उपयोग गर्दा त्यसको महसुल दर कम छ । १३२ केभी लाइनको विद्युत उपयोग गर्ने उद्योगहरूले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु प्राधिकरणले जनाएको छ । विद्युत महसुल दर सस्तो पर्ने र प्राविधिक चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माणमा लाग्ने लागत महंगो नहुने प्राधिकरणको दाबी छ ।  

प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउन बनाउने पहल पनि सुरु गरेको छ । यस औद्योगिक कोरिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका संरचना बनाउन सुरु गरिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको प्राधिकरण टोलीले शनिबार त्यस क्षेत्रको भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा बुझेको छ । कार्यकारी निर्देशक घिसिङले बारा-पर्सा क्षेत्र आगामी दिनमा ठूलो आद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए ।

उनले विरगञ्ज, पोखरिया र शुख्खाबन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने सम्भावना रहेकाले विद्युत खपत बढाउन सकिने बताए । ‘त्यस क्षेत्रमा खुल्ले उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी २ हजार मेगावाट विद्युत खपत हुने गरी प्रसारण र वितरण प्रणाली बनाउँदैछौं । तत्काल विद्युत माग गर्ने उद्योगलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत आपूर्ति उपलब्ध गराउँछौं,’ उनले भने, ‘त्यसका लागि पर्साको पोखरियामा ४०० केभी र बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’ 

हेटौंडा-ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई बिरगञ्ज हुँदै पोखरियामा पुर्याउने प्राधिकरणको योजना छ । प्राधिकरणले बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति पनि गर्नेछ ।  

सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत आपूर्तिलाई दीगो र गुणस्तरीय बनाउन हेटौंडा-परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने  काम भर्खरै भएको छ । यसले प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगलाई थप विद्युत दिन सकिने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit