विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चाेकमा ३५ मेगावाटकाे न्यासेम खाेला जलविद्युत् आयाेजना निर्माणकाे तयारीमा रहेकाे सीता हाइड्रोपावर कम्पनीले विभिन्न प्राविधिक पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार २८ कर्मचारीको पदपूर्तिका लागि आयोजना प्रमुख, मेकानिकल इन्जिनियर र इलेक्ट्रिकल इन्जिनियर पदमा १/१ जना कर्मचारी मागेको छ । आयोजना प्रमुखका लागि सिभिल इन्जिनियरिङमा स्नाकोत्तर गरी जलविद्युत आयाेजनामा कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

मेकानिकल इन्जिनियरको लागि मेकानिकल इन्जिनियरिङमा स्नातक र इलेन्ट्रिकल इन्जिनियरका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । साथै दुवैका लागि ३ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

यस्तै, सिभिल इन्जिनियर, व्यवस्थापक, बजार व्यवस्थापक र कार्यालय सहायकका लागि २/२ जना कर्मचारी माग गरेको छ । सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरिङमा स्नातक गरी ३ वर्षको कार्यअनुभव हुनपर्नेछ ।

व्यवस्थापकका लागि बाणिज्य शास्त्रमा स्नातक गरी व्यावसायीक प्रतिष्ठानमा ५ वर्ष काम गरेको हुनुपर्नेछ । बजार व्यवस्थापकका लागि पनि बाणिज्य शास्त्रमा स्नातक गरी ३ वर्षको कार्यनुभव हुनुपर्नेछ । कार्यालय सहायकका लागि १२ कक्षा उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव हुनुपर्नेछ ।

एकाउन्टेन्ट पदपूर्ति गर्न ५ कर्मचारी माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक गरी ५ वर्षको अनुभव तथा माइक्रोसफ्ट अफिस र एकाउन्टिङ सफ्टवयरको ज्ञान भएको हुनुपर्नेछ ।

८ जना सहायक एकान्टेन्टको पदपूर्ति गर्न आवेदन मागेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक गरी लेखा तथा खरिद सम्बन्धि काममा २ वर्षको अनुभव भएको हुनुपर्नेछ । ४ जना भान्सेको पदपूर्ति गर्न आवेदन खुलाएको छ । यस्तै, कार्यालय सहयोगी पनि मागेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो वायोडाटा, कार्यानुभवको प्रमाणपत्र र पासपोर्ट साइटको फोटोसहित कम्पनीको इमेल [email protected] मा २०७८ असार १५ गतेभित्र आवेदन दिनुपर्ने गरी सूचना निकालिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit