विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बर्दघाट–सर्दी १३२ केभी डलल सर्किट प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । नवलपरासीमा निर्माण भएको उक्त १९ किलोमिटर लामो प्रसारण लाइन चैत ६ गते मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजना प्रमुख हरि पाण्डेले बताए । 

त्यस्तै, प्राधिकरणको प्रसारण निर्देशनालयले सूचना जारी गर्दै उक्त लाइन मंलबारदेखि चार्ज गरिने भएकोले लाइनको ९ मिटर दायाँवायाँको दूरीमा कुनै मानवीय गतिविधि नगर्न आग्रह गरेको छ । 

बर्दघाट १३२/११ केभी सस्टेसनदेखि बर्दघाट नगरपालिका–२ र ५ मा पर्ने बन्डा खोला, दाउन्ने धार्मिक वन, घिउ खोला सामुदायिक वन, विनयीत्रिवेणी गाउँपालिका–२, खुमल्टार हुँदै सर्दीमा रहेको होङ्गसी सिमेन्ट उद्योगसम्मको क्षेत्रमा पर्ने प्रसारण लाइन वरपर कुनै गतिविधि नगर्न निर्देशनालयले आग्रह गरेको हो ।

‘लाइनको दायाँ–बायाँ ९/९ मिटरभित्र कुनै पनि मानवीय तथा पशुपन्छी आवतजावत गर्न, टावर नजिकै जान र छुन समेत निषेध गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सूचनाको बेवास्ता गरी सो क्षेत्रभित्र प्रवेश गरी/गराई कुनै भवितव्य दुर्घटना तथा मानवीय क्षति भएमा नेपाल विद्युत प्राधिकर जिम्मेवार नहुने समेत जानकारी गराउँदछौँ ।’ उक्त प्रसारण लाइन निर्माण सुरु गरेको ७ वर्षपछि सम्पन्न भएको हो । 

आयोजना प्रमुख पाण्डेका अनुसार यो प्रसारण लाइन सञ्चालनमा आएपछि खासगरी नवलपरासीका औद्योगिक ग्राहकहरुलाई विद्युत आपूर्ति सहज हुनेछ । यो प्रसारण लाइन समयमा पूरा नहुँदा यस चिनियाँ लगानीको ठूलो होङ्सी शिवम् सिमेन्टलाई वैकल्पिक व्यवस्था गरेर लाइन दिनुपरेको थियो । 

होङ्सीले हाल वैकल्पिक व्यवस्था मार्फत लिइरहेको ३० मेगावाट विद्युत् अब यही लाइनबाट लिने छ । यो लाइनबाट होङ्सीले मात्रै मासिक करिब १५ करोड रुपैयाँको बिजुली किनिरहेको छ । उद्योग स्थापनाकाे चरणमा होङ्सीले यो लाइनबाट कुल ८३ मेगावाट बिजुली लिने प्रतिबद्धता जनाएकाे थियाे । तर, पछिल्लो समय नेपालमा आर्थिक मन्दीका कारण निर्माण क्षेत्र ठप्प हुँदा सिमेन्टको माग घटेको छ । यसले उद्योगहरूले उत्पादन कटौती गर्नुपरिरहेको अवस्था छ । त्यसो हुँदा होङ्सीले पनि क्षमता वृद्धिको योजनालाई थाती राखेको छ । 

ठूला उद्योगमा पानी र बिजुली पुर्याइदिनुपर्ने नीति अन्तर्गत उद्योग मन्त्रालयको बजेट लगानीमा होङ्सी सिमेन्टलाई बिजुली पुर्‍याउन यो लाइनको निर्माण सुरु गरिएको थियो । २०७४/७५ बाट निर्माण सुरु भएको यो प्रसारण लाइन ७ वर्षमा निर्माण पूरा भएको हो । आयोजनाको निर्माण लागत बरिब ६५ करोड रुपैयाँ रहेको आयोजना प्रमुख पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit