विद्युत अपडेट

  • प्राधिकरण : ८५८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१४८३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५३९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२९७७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८४ मे.वा.
२०८१ असार २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

इटहरी । इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरूसँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ । 

इटहरी वडा नं. १ को  बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो ।

इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए।

‘उज्यालो इटहरी ’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरूमा मात्र नभई घोडाहरूको प्रत्येक खाली पोलहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने, ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ ।’

नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन्। उप महानगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधिका छन् । 

विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुसी भएका छन्  । इटहरीको जंङ्गल आसपास हात्ती आतंक र शहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलै पिच्छे बत्ती जडानको काम हुँदै छ विद्युत् शाखाका प्रमुख उमेश चौधरीले भने । निरन्तर वडाहरूमा जडानको काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३