विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबर अर्ध–वार्षिक पत्रिकाको सातौँ अङ्कको सोमबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । छुट्टाछुट्टै सामग्रीसहित नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित पत्रिकाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइराला, ऊर्जा सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, उद्यमी व्यवसायीलगायत ऊर्जा क्षेत्रका करिब ६० जना विद्वत् व्यक्तित्वकाे  उपस्थितिमा पत्रिकाको विमोचन गरिएको हो । 

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा ‘ऊर्जा खबर’को महत्त्वपूर्ण योगदानको चर्चा गरे । उनले विशुद्ध ऊर्जाकै क्षेत्रमा मात्रै केन्द्रित सञ्चार माध्यमको भूमिकामा ऊर्जा खबरले आफूलाई प्रभावकारी बनाउँदै लगेको बताए । 

‘नेपालको ऊर्जा विकासको सपना ऊर्जा खबर पत्रिकाले ४ वर्षअघि नै देखेको रहेछ, हामीले त अहिले ऊर्जा विकास मार्ग चित्र ल्यायौँ,’ उनले भने, ‘ऊर्जाबाहेक अन्य कुनै पनि क्षेत्रप्रति नभई ऊर्जामै मात्रै विशुद्ध रूपले लागेको यस पत्रिकालाई ऊर्जा मन्त्रालय र ऊर्जाका सबै अङ्गहरूको साथ सहयोग रहनुपर्दछ ।’

उनले नेपाललाई छिटो समृद्ध बनाउने क्षेत्र भनेकै ऊर्जा रहेको र यसका लागि बजार सुनिश्चित भएको भन्दै यसलाई सफल कार्यान्वयन तहमा लैजान ऊर्जा खबरको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । 

कार्यक्रममा ऊर्जा खबरका सल्लाहकारसमेत रहेका पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ऊर्जा खबरले यस क्षेत्रका तथ्यतथ्यांक, सूचना र जानकारी प्रभावकारी रूपमा प्रस्तुत गरिरहेको बताए । उनले भारतमा ५० मिलियन प्रिन्ट संस्करणका पत्रिका बिक्री भएको तथ्याङ्क आफूले पाएको भन्दै अनलाइन समाचारको जति नै बोलवाला कायम भए पनि प्रिन्ट संस्करणको महत्त्व कहिल्यै नमेटिने बताए । ऊर्जा खबरले भविष्यमा आफूलाई यस क्षेत्रमा अझ सक्रिय बनाउँदै लैजान सकोस् भन्ने शुभकामना उनले दिए । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा हेर्ने सचिव आचार्यले हालै नेपाल र भारतबीचमा भएका सम्झौता तथा सहमतिका कारण नेपालको ऊर्जा क्षेत्रको भविष्य उज्ज्वल देखिएको भन्दै उनले ऊर्जा खबरको भूमिका यस क्षेत्रमा अझ सशक्त हुनुपर्ने बताए । 

कार्यक्रममा वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले आगामी दिनमा ऊर्जा खबरले सातौँ अङ्क बजारमा ल्याएकोमा बधाई दिँदै आगामी दिनमा अझ सशक्त सञ्चार माध्यमको रूपमा अघि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । 

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा खबरले ऊर्जा क्षेत्रमा समस्याप्रति खबरदारी गर्दै देशलाई ऊर्जाले समृद्ध बनाउने विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै आगामी दिनमा अझै सशक्त माध्यम बन्दै जाने विश्वास व्यक्त गरे । 

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवास बरालले ऊर्जा क्षेत्रका विभिन्न निकायका अधिकारी–पदाधिकारीलाई एकै मञ्चमा राखेर ऊर्जा क्षेत्रलाई समष्टिगत रूपमा चलायमान गराउन ऊर्जा खबरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘ऊर्जा खबरले यस क्षेत्रका सबैजसो निकाय र व्यक्तिलाई एक ठाउँमा ल्याएर समन्वयात्मक भूमिका निर्वाह गर्न महत्त्वपूर्ण योगदान गरिरहेको छ,’ उनले भने, ‘ऊर्जा विकासमा इन्जिनियरहरूको ठूलो भूमिका रहन्छ, ऊर्जा खबरले इन्जिनियरहरूको पलायनलाई रोक्ने विषयमा पनि भूमिका निर्वाह गर्न पर्दछ ।’

ऊर्जा खबरका सल्लाहकार सम्पादकसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले ऊर्जा खबरले निकै मेहनतका साथ ऊर्जा खबर प्रकाशन गर्दै आएको तर अनुसन्धानमूलक लेखहरू उपलब्ध गराउन सबैले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा ऊर्जा खबरका विशेष सम्पादकसमेत रहनु भएका ग्रिन इनर्जी आन्टरप्रेनर्स नेपालका अध्यक्ष सूर्यप्रसाद अधिकारीले देशको ऊर्जा क्षेत्रमा मात्रै केन्द्रित भएर ऊर्जाको विकासमा दह्रो खबरदारी गर्दै आएकोमा ऊर्जा खबरलाई धन्यवाद दिए । उनले यो सञ्चार माध्यम अझ दिगो बनाइराख्ने चुनौती रहेको औँल्याउँदै ऊर्जाका सबै निकायको सहयोग आवश्यक रहेको बताए ।

 तलकाे लिङ्क क्लिक गरेर हेर्नुहाेस् फाेटाेहरू

‘ऊर्जा खबर’ अनुसन्धानमूलक अर्धवार्षिक जर्नल सार्वजनिक (फोटो फिचर)

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३