विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।  

भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताएका हुन् । 

‘नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,’ मन्त्री खड्काले भने । भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उनले बताए ।  

उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरूसँग छलफल गरेको बताए  । 

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य ऊर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।  भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जल शक्ति मन्त्री सीआर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका ऊर्जा मन्त्रीले नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताए ।  

मन्त्री खड्काले जलविद्युत्मा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले  काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरू नेपालको जलविद्युत्‌का काम गर्न उत्साहित देखिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३