विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिनो हाइड्रो बी-११ कम्पनीले विभिन्न पदमा कर्मचारी मागेकाे छ । कम्पनीले रसुवामा निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनामा खटाउन प्राविधिक तथा दक्ष कामदार  गरी करारमा ८७ जना कर्मचारीकाे पदपूर्ति  गर्न आवेदन खुलाएकाे हाे ।

कम्पनीले सूचना सार्वजनिक गरी एक साताभित्र प्राप्त हुने गरी याेग्य व्यक्तिबाट आवेदन मागेकाे छ । भूमिगततर्फकाे आयोजना प्रबन्धक मातहतमा काम गर्ने १० जना कर्मचारी मागिएकाे छ । विद्युतगृह हेर्ने आयोजना प्रबन्धककाे मातहतमा खटाउने गरी ८ जना कर्मचारी मागिएकाे छ । 

यस्तै, आयाेजनाकाे संरचनागत (स्ट्रकचर वर्क)  कामका लागि  १५ जना कर्मचारी नियुक्त गरिने कम्पनीले जनाएकाे छ । सिभिल हेर्ने क्यूए/क्यूसी  काे कामका लागि ५ जना कर्माचारी मागिएकाे छ । ३ जना मेजरमेन्ट इिन्जिनियर मागिएकाे छ ।

यसैगरी, एचडब्ल्यु तेर्ने आयोजना प्रबन्धककाे मातहतमा रहेर काम गर्ने १५ जना  र पर्यवेक्षक (सुपरभाइजर)  मातहतमा खटिने २० जना कर्मचारी मागिएकाे छ ।आयाेजना प्रबन्धककाे मातहतमा खटाउने गरी ८ जना कर्मचारी नियुक्त गरिनेछ ।

 सम्बन्धित विषयकाे शैक्षिक याेग्यता पुगेकाे तथा लामाे कार्यानुभव भएकाे व्यक्तिले प्राथमिकता पाउने कम्पनीले जनाएकाे छ । याेग्य इच्छुक व्यक्तिले आगामी बिहीबार (चैत २६ गते) सम्म आवेदन दिइसक्नु पर्नेछ ।

आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ । आवेदकले कम्पनीको इमेल ठेगाना  ([email protected]) मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit