विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । यारु हाइड्रो पावर प्रालिले ३०.५९ मेगावाटको यारु खोला आंशिक जलाशय जलविद्युत् आयोजनाको काम अघि बढाउनका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिकामा पहिचान भएको आयोजनाको उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको हो ।

जिल्लाको धार्चे गाउँपालिकामा पहिचान भएको आयोजनाको काम अघि बढाउन अनुमति माग गर्दै विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाइने छ ।

विभागले कम्पनीको नाममा अनुमति जारी गर्ने तयारी गरिरहेको छ । विभागले प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा राय/सुझाव माग गरेको छ । सरोकारवालाले कम्पनीको कार्यालय वा विभागमा आइपुग्ने गरी लिखित÷राय सुझाव पेश गर्नुपर्ने छ ।

आयोजना निर्माण गर्दा यारु खोलाको बायाँ किनारामा मुख्य संरचनाहरू पर्ने गरी निर्माण गरिनेछ । पानीलाई सर्ज पाइपबाट २२८० मिटर लामो स्टिलको पेनस्टक पाइप मार्फत सतही विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत् गृहमा जडित ३ वटा भर्टिकल एक्सिस पेल्टन टवाईन र ३ वटा सिंगल फेज जेनेरेटर मार्फत विद्युत् ३०.५९ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १७५.९७८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

उत्पादित ऊर्जालाई विद्युत् गृह नजिकै निर्माण गरिने स्वीचयार्डदेखि १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमा मार्फत ३२ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन बोराङ्ग सबस्टेसनमा जोडिनेछ ।

प्रस्तावित आयोजनाको काम २०८४ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी–पहिरो, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखित प्रतिकुल असर नपर्ने गरी आयोजना निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit