विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको पहुँच सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । बाँध क्षेत्रको माथिल्लो भागतर्फ सामाग्री तथा उपकरण ढुवानी गर्न निर्माण गरिएको प्रवेश सुरुङ खन्ने काम सकिएको हो ।

सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लामो प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामाग्री तथा उपकरण लैजान सहज भएको छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । हालसम्म मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।

यो प्याकेजको काम सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हालसम्म १२.६८ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको दोस्रो प्याकेज अन्तर्गत हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिल, विद्युतगृह, पेनस्टक पाइप, ५३९.०८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ खन्ने काम भइरहेको छ ।

डाइभर्सन सुरुङ–१ को खन्ने काम सकिएको छ । सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको काम सिनो हाइड्रो, चीनले गरिरहेको छ । दोस्रो प्याकेजको ५५ प्रतिशत प्रगति भएको प्रवद्र्धक तनहुँ हाइड्रो पावर कम्पनी लिमिटेडका प्रबन्धक किरण कुमार श्रेष्ठले बताए ।

त्यस्तै, तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ ।
यो आयोजना २०८३ साल जेठ (सन् २०२६) मा सम्पन्न गर्ने लक्ष्य छ । यो भन्दा अगाडि नै आयोजना सम्पन्न गर्ने तालिका तोकिए पनि कोभिड–१९ महामारीका कारण उत्पादन तालिका पछि सारिएको हो ।

हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँमा विद्युत् किन्ने गरी तनहुँ हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।  आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ ।

टेक अर पे (लिउ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धिको व्यवस्था गरिएको छ । आयोजनाको पहिलो र दोस्रो प्याकेजको निर्माण पूरा गर्न २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit