विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभा जिल्लामा पहिचान भएको तल्लो अप्सुवा खोला जलविद्युत आयोजनाको क्षमता विस्तार गरेर निर्माण गरिने भएको छ । मिजु इनर्जी लिमिटेडले अध्ययन गरिरहेको आयोजनाको क्षमता विस्तार गरेर निर्माण गर्न लागिएको हो ।

अध्ययनरत ४५ मेगावाटको तल्लो अप्सुवा खोलाको क्षमता विस्तार गरेर ५४ मेगावाट बनाउन लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको क्षमता विस्तार गर्नुपूर्व वातावरण परीक्षण प्रतिवेदन तयार गर्न सम्बन्धित सरोकारवालासँग राय/ सुझाव मागिएको छ । 

आयोजना प्रभावित स्थानियले क्षमता विस्तार गर्दा हुने प्रभावका सम्बन्धमा ७ दिनभित्र आइपुग्ने गरी लिखित राय/सुझाव पठाउन कम्पनीले आग्रह गरेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, सास्कृतिक, आर्थिक, सामाजिकबीच केकस्तो प्रभाव पार्दछ भनि यकिन गर्न सो स्थानको गाउँपालिका, विद्यालय, अस्पताल,  स्वास्थ्य चौकी तथा सरोकारवालासँग लिखित राय सुझाव माग गरिएको हो । 

आयोजनाको क्षमता विस्तार गर्दा डिजाइन डिस्चार्ज १०.४५ घनमिटर प्रतिसेकेण्ड हुनेछ । यस्तै, सुरुङको लम्बाई भने घटेर ३ हजार ३ सय ५४ मिटर लामो निर्माण गरिनेछ । 

पेनस्टक पाइप १ हजार ८७ मिटरबाट बढेर १ हजार ७ सय ५७ मिटर पुग्नेछ । यसअघि विद्युतगृह भुमिगत बनाउने गरी डिजाइन तयारी भएपनि अब क्षमता विस्तार भइपछि सतही विद्युतगृह निर्माण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३