विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक वर्ष (आर्थिक वर्ष २०७७/७८ ) मा ५ सय ८४ मेगावाटका विद्युत आयोजनाले अध्ययन अनुमतिपत्र लिएका छन् । विभिन्न जिल्लामा पहिचान भएका विद्युत आयोजना अध्ययन गर्न गत आवमा २० कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र लिएका हुन् ।

विभागका अनुसार यो अवधिमा ९ वटा जलविद्युत र ११ वटा सौर्य विद्युत गरी २० आयोजनाकाे अध्ययन अनुमतिपत्र जारी भएको छ । अनुमतिपत्र जारी भएका ३ सय १६ मेगावाटका जलविद्युत आयोजना छन् । २ सय ६७ मेगावाटका सौर्य विद्युत आयोजना छन् । 

अध्ययन अनुमति पाउने जलविद्युत आयोजनामध्ये सबैभन्दा ठुलो दूधकोसी–५ जलविद्युत आयोजना रहेको छ । यो आयोजनाको अनुमतिपत्र लिई इनडिपेनडेन्ट पावर कम्पनीले अध्ययन गरिरहेको छ । कम्पनीले २०७७ कात्तिक २३ गते विभागबाट अनुमति पाएको थियो ।

यस्तै, ५४ मेगावाटको तल्लो आप्सुवा आयोजनाकको अनुमतिपत्र लिई मिजु इनर्जी प्रालिले अध्ययन गरिरहेको छ । कम्पनीले २०७७ साउन १ गते अध्ययन अनुमति पाएको थियो । हाइड्रो भिजन कम्पनीले २ मेगावाटको तल्लो न्वागाडको अध्ययन गरिरहेको छ ।

७.७ मेगावाटको गुप्चे खोला मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले, २६.८६ मेगावाटको सिवा खोला मेवा डेभलपर्स प्रालिले, ७.४ मेगावाटको माथिल्लो दाना रोड नेपालले, ४.७८ मेगावाटको सिस्ने खोला रुकमनी पावरले अध्ययन गर्न अनमुति पाएको विभागले जनाएको छ । 

४.१ मेगावाटको चदाह खोला चन्दाह हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको छ । एक सय मेगावाटको कुलेखानी सिस्नेरी पप्प स्टोरेज नेपाल विद्युत प्राधिकरणले अध्ययन गर्न अनुमति पाएको छ । प्राधिकरणले गत फागुन २० गते अनुमति पाएको थियो ।  

यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युतको माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो । 

सोलारबाट विद्युत उत्पादन गर्न ११ कम्पनीले अध्ययन अनुमति पाएका छन् ।  पनास इनर्जी र मिथिला इनर्जीले एक/एक सय मेगावाटका आयोजनाको अध्ययन अनुमतिपत्र लिई अध्ययन गरिरहेका छन् । पनासले सिराहामा विद्युत उत्पादन गर्न अध्ययनका लागि गत कात्तिक २० गते अनुमति पाएको थियो । 

यस्तै, मिथिलाले महत्तोरीमा सोलार आयोजना अघि बढाउन गत फागुन २८ गते अध्ययन अनुमति पाएको थियो । गुडलक ग्लोबल पावर इनर्जीले ७, सोलार स्टारले ५, नेपाल पेट्रोलियम ट्रेडले ५, तराई सोलारले ७.७, नेशनल सोलार पावर र श्रीयान्सी ऊर्जाले १०/१० मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमति पाएको विभागको तथ्याङकमा उल्लेख छ । 

टेकु समुन्द्रखेतीबारीले ५, अपि पावरले ८ र सनलाइट इनर्जीले १० मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमति लिएका छन् । यही समयअवधिमा ६ सय ४१ मेगावाट क्षमताका विद्युत उत्पादन गर्न ३६ आयोजनालाई निर्माण अनुमतिपत्र दिएको विभागले जनाएको छ । 

विभागका अनुसार अनुमतिपत्र पाउनेमा अध्ययन पूरा भई निर्माणमा जाने चरणका जलविद्युत् तथा सौर्य विद्युत आयोजना छन् । जसमा ५ सय ९० मेगावाटका २८ वटा जलविद्युत् र ५१.१७ मेगावाटका ८ सौर्य विद्युत आयोजनाले अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit