विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले लामो समयदेखि अटेर गरेर बसेको भुम्लु गाउँपालिकाको बडा नम्बर ४ चौबासले बक्यौता एक साताभित्र नबुझाए लाइन काट्ने चेतावनी दिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको बडा नम्बर ४ चौबासले अगामी बुधबारभित्र बाँकी विद्युत महशुल नबुझाए लाइन काटिने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कार्यालयको विगत ६ महिनादेखिको बक्यौता बाँकी छ । 

कार्यालयको ५ लाख ६७ हजार ५ सय २९ रुपैयाँ विद्युत महशुल बक्यौता बाँकी छ । बारम्बार ताकेता गर्दा पनि कार्यालयले बक्यौता नबुझाएपछि लाइन काटिने चेतावनी दिइएको हो ।

केन्द्र अन्तर्गत अहिले करिब २० हजार ग्राहक छन् । केन्द्र अन्तर्गत हुकिङ वा चोरी गरेर विद्युत सेवा लिने सबैलाई कारबाही गरेर मिटर जडान गरिएपछि २ वर्षको अवधिमा ५ हजार ग्राहक बढेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit