विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रौतहटस्थित चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको ४ मेगावाट विद्युत बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण पूरा भइसकेको सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको हो ।

बैशाखभित्रै प्रसारण प्रणालीमा जोड्ने भनिए पनि कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभावले केही ढिलो गरी उत्पादन सुरु हुन लागेको हो । जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले पहिलो पटक सौर्य विद्युत आयोजना निर्माण गरी प्रणालीमा जोड्न लागेको हो ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी पूरा भएको प्रवद्र्धक अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । अहिले आयोजनाको परीक्षण भइरहेको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

‘हामीले बैशाखभित्रै उत्पादन सुरु गर्ने योजनाअनुसार काम गरिरहेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘तर,यसबीचमा आयाजनामा कार्यरत कर्मचारी तथा कामदार नै कोरोना संक्रमित भएपछि अन्तिम चरणको काम पूरा हुन नसकेकाले उत्पादन असार पहिलो सातासम्म धकेलिएको हो ।’ उनले १५ दिन परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिइने र त्यसपछि व्यापारिक उत्पादन सुरु गरिने बताए ।

कम्पनीले १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको हो । यो आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुनेछ ।

३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंले एकल लगानी गरेको छ । आयोजनामा कूल लागतको २५ प्रतिशत (८.२५ करोड ) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड) ऋण लगानी छ । यो सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि प्रदेश–२ को विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने कम्पनको दाबी छ ।

यो आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कम्पनीले १/१ मेगावाटका ढल्केबर र सिमरा सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

जसमा ढल्केबर सौर्य विद्युत आयोजनाको करिब ५० प्रतिशत निर्माण पूरा भइसकेको छ । यी २ सौर्य विद्युत आयोजनामा पनि बैंक अफ काठमाडौंले एकल लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ । 

कम्पनीले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit