विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिकाको १२८ परिवारलाई निशुल्क सौर्य ऊर्जा प्रविधिका उपकरण वितरण गरिएको छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच नपुगेको गाउँपालिकाको वडा नम्बर ६ मा निशुल्क सोलार वितरण गरिएको हो ।

सौर्य विद्युत उत्पादन गरि उपयोग गर्ने उपकरण निशुल्क वितरण गरिएको वडा अध्यक्ष नुर्बु डम्डुल गुरुङले बताए । उनका अनुसार गाउँपालिकाको वडा नम्बर ६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको छ । 

कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निशुल्क सोलार प्रदान गरिएको हो । संस्थाले सोलार खरिद गरेर जाजरकोटको नलगाड नगरपालिका–१२ सम्म ल्याएदिएको थियाे । यसपछि स्थानीय आफैले ढुवानी गरेर सोलार जडान गरिएको हो ।

वर्षौदेखि टुकी र दियालोको भरमा गुजरा चलाउादै आएको गाउँमा सोलार उपकरण जडान भएपनि पढ्न, रातिको कामकामज गर्न, खाना पकाउन सजिलो भएको स्थानीयले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit