काठमाडौँ । देशको ऊर्जा तथा जलविद्युत् पूर्वाधार निर्माणका क्षेत्रमा अहिले ३ दर्जनभन्दा बढी निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । त्यस्ता कम्पनीहरूलाई 'ए'देखि 'डी' वर्गमा वर्गीकरण गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार ती कम्पनीहरूमध्ये ३५ वटा कम्पनी ‘क’ वर्ग (‘ए’ क्लास) का छन् । त्यस्तै, ३ वटा ‘ख’ वर्ग (‘बी’ क्लास) का, एउटा ‘ग’ वर्ग (‘सी’ क्लास), र ५ वटा कम्पनी ‘घ’ वर्ग (‘डी’ क्लास) का छन् ।
हाल देशको कुल विद्युत् जडित क्षमता ३ हजार ६ सय मेगावाट पुर्याउन यस्ता कम्पनीहरूको योगदान महत्त्वपूर्ण रहेको महासंघको धारणा छ । झण्डै ११५ वर्षअघि विदेशी निर्माण कम्पनीको सहयोगमा ५०० किलोवाटको फर्पिङ जलविद्युत् आयोजना निर्माण गरी दक्षिण एसियामै पहिलो पटक बिजुली बालेको नेपालले त्यसताका जलविद्युत् आयोजना निर्माणको कुनै पनि ज्ञान, सीप, क्षमता र अनुभव हासिल गरेको थिएन । त्यसयता पनि सरकार र विदेशी लगानीकर्ताले निर्माण गरेका आयोजनामा विदेशी कम्पनीकै बाहुल्यता र संलग्नता देखिन्छ ।
विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० आएपछि भने नेपाली लगानीकर्ता र निर्माण कम्पनीहरू आफैँले किलोवाटदेखि १० मेगावाटसम्मका साना आयोजना धेरै सङ्ख्यामा निर्माण गरेका हुन् । हाल नेपाली निर्माण कम्पनीले नै ५०० देखि १ हजार मेगावाटसम्मका आयोजना निर्माण गर्ने ज्ञान, सिप, क्षमता र अनुभव हासिल गरिसकेका छन् ।
सरकारले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ मार्फत आउँदो १० वर्ष (सन् २०२५ देखि २०३५ सम्म) मा विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेकोले आगामी दिनमा जलविद्युत् क्षेत्रमा निर्माण कम्पनीको भूमिका अझ वृहत् हुने देखिएको छ ।
उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धक, सर्वसाधारण लगानीकर्ता, ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्था, विद्युत् खरिद गर्ने नेपाल विद्युत् प्राधिकरण सबैको सहकार्य हुनु आवश्यक छ । यी सबै पक्ष ऊर्जा विकासमा महत्त्वपूर्ण देखिए पनि निर्माण कम्पनीबिना आयोजना निर्माण भई सञ्चालनमा आउन सक्दैनन् ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउन (२०७७) अघि नेपालको निर्माण क्षेत्रमा झन्डै १५ लाखले रोजगारी पाएको र ती मध्ये १० लाख स्वदेशी तथा ५ लाख भारतीयले रहेको महासंघको तथ्याङ्क छ । हालकै अवस्थामा पनि सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने झन्डै ३० लाखले यो क्षेत्रमा रोजगारी पाउने महासंघको अनुमान छ ।
यस्ता छन् ऊर्जा क्षेत्रमा काम गरिरहेका निर्माण कम्पनीहरू
सि.नं. | कम्पनी | वर्ग |
१. | ए.एम. कन्स्ट्रक्सन कम्पनी प्रालि | 'क' |
२. | एएनके कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
३. | वैभव पावर नेपाल प्रालि | '' |
४. | सि.ई. कन्स्ट्रक्सन प्रालि | '' |
५. | चितवन कम्पनी ई. नेपाल प्रालि | '' |
६. | गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि | '' |
७. | गौरा कन्स्ट्रक्सन प्रालि | '' |
८. | गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालि | '' |
९. | गोरखा कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
१०. | हिमाल हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेड | '' |
११. | हाइ हिमालयन हाइड्रो कन्स्ट्रक्सन प्रालि | '' |
१२. | जेड कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
१३. | जयमाता इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि | '' |
१४. | लक्ष्मी श्रेष्ठ एन्ड कम्पनी प्रालि | '' |
१५. | मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्ट्रक्चर प्रालि | '' |
१६. | मुडवरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि | '' |
१७. | नरेन्द्र निर्माण सेवा प्रालि | '' |
१८. | ओम साई राम कन्स्ट्रक्सन प्रालि | '' |
१९. | रेन्बो कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
२०. | रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालि | '' |
२१. | रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
२२. | श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौँडा) प्रालि | '' |
२३. | सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
२४. | साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि | '' |
२५. | सुनम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि | '' |
२६. | सूर्य कन्स्ट्रक्सन फर्म प्रालि | '' |
२७. | वाइबा कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
२८. | वाइबा इन्फ्राटेक प्रालि | '' |
२९. | गोल्यान ग्रुप | '' |
३०. | सुमाे कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि. | '' |
३१. | कालिका कन्स्ट्रक्सन प्रा.लि. | '' |
३२. | बाबरी कन्स्ट्रक्सन प्रा.लि. | '' |
३३. | जय दुर्गे इन्फ्रा इन्जिनियरिङ प्रा.लि. | '' |
३४. | ह्याबिट्याट पावर कम्पनी लिमिटेड | '' |
३५. | ह्याप्पी इनर्जी प्राली | '' |
३६. | चर्नावती कन्स्ट्रक्सन | 'ख' |
३७. | केशरदास निर्माण सेवा | '' |
३८. | शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
३९. | साकुरा बिल्डर्स प्रालि | 'ग' |
४०. | आरोग्य कन्स्ट्रक्सन प्रालि | 'घ' |
४१. | इनोभेटिभ इन्जिनियरिङ प्रालि | '' |
४२. | मल्टी सोलुसन कन्स्ट्रक्सन कम्पनी प्रालि | '' |
४३. | निता इन्जिनियरिङ प्रालि | '' |
४४. | ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन प्रालि | '' |