विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सय मेगावाटको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र पाएको छ । कुलेखानी जलाशयबाट विद्युत उत्पादन भई निस्किएको पानी उपयोग गर्ने गरी आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र पाएको हो ।

विद्युत विकास विभागले गत शुक्रबार पम्प स्टोरेज आयोजनाको अध्ययन अनुमतिपत्र दिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘हामीले गत पुसमा आयोजनाको अध्ययन अनुमतिपत्रका लागि विभागमा निवेदन दिएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘विभागले ३ महिनामा अनुमतिपत्र दिएको छ ।’

उनले अबको ९ महिनामा पम्प स्टोरेज आयोजनाको अध्ययन पूरा गरेर निर्माण सुरु गर्ने योजना रहेको बताए । आयोजनाको प्रारम्भिक अध्ययन प्राधिकरणको सहायक एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

अब आयोजनाको वातावरणीय अध्ययन प्राधिकरणले गर्ने पनि शाक्यले बताए । डिजाइनको काम एनइए इन्जिनियरिङले नै गर्नेछ । कुलेखानी–१, २ र ३ बाट विद्युत उत्पादन भई निकास हुने पानी सिस्नेरीमा जम्मा गर्ने र पम्पबाट तानेर फेरि कुलेखानी जलाशयमै फर्काएर अर्को आयोजनामा उपयोग गरिने उनले जानकारी दिए । 

‘सय मेगावाटको आयोजनाका लागि पम्पबाट तानेर जलाशयमा फर्काएको पानी उपयोग हुन्छ । यसले कुलेखानी–१, २ र ३ को उत्पादनलाई असर गर्दैछ । पम्प स्टोरजका लागि अलग्गै संरचना बनाउँछौं’ उनले भने ।

अहिले कुलेखानी जलाशय रहेको स्थानभन्दा २ किलोमिटर तल सिस्नेरीमा पम्प स्टोरेज आयोजनाको बाँध निर्माण हुनेछ । साँझ/बिहानको विद्युतको माग व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजना निर्माण गर्न लागिएको शाक्यले जानकारी दिए ।

निर्माण सुरु गरेकाे २ वर्षमा आयोनजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सरकार, प्राधिकरण र दातृ निकासकाे ऋण सहयाेगमा  आयोनजनामा लगानी जुटाइने प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit