काठमाडौं । नेपाल आयल निगमले २० वर्ष सेवा अवधि पूरा गरेका १२ कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ । निगमले ५३औं वार्षिकोत्सवको अवसर पारी लामो समय निरन्तर सेवामा रहेका कर्मचारीलाई सम्मान गरेको हो ।
निगमले सुरज शाह, विनितमणि उपाध्याय, पर्शुराम अधिकारी, ध्रुवकुमार निरौला, नन्दराज खत्री, श्यामकुमार श्रेष्ठ, वीरेन्द्रकुमार काब्री, विश्वराज बख्रेललाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ । यस्तै, अन्य दीर्घसेवा पदकबाट सम्मानित हुने कर्मचारीमा सुवर्णकुमार सुवाल, कैशालबहादुर अधिकारी र तोयानाथ ढुंगेल छन् ।
अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण निगमको वार्षिकोत्सव कार्यक्रम आयोजना हुन नसकेको हुँदा यो बेला दीर्घसेवा पदक लिन नपाएका ३ जना कर्मचारीलाई पनि मंगलबार नै पदकबाट सम्मान गरेको छ ।
निगमले अघिल्लो आर्थिक वर्षमा दीर्घसेवा पदकका लागि नाम छनोट भएका सनम कार्की, नवराज पोखरेल र सुजित पोखरेललाई सम्मान गरेको छ ।