विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउन प्रयोग हुने ‘लक्यिुफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) को उपलब्धता माग धान्न पुग्ने परिमाणमा रहेको स्पष्ट पारेको छ । निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘काठमाडौँ उपत्यकामा एलप ग्यासको अभाव’ भन्ने समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशभरका उद्योगीलाई निगमले मासिक रूपमा उपलब्ध गराउन परिमाण सीमाका आधारमा सम्बन्धित उद्योगले ग्यास आयात गरी बिक्री वितरण गरिरहेका छन् । निगमले उद्योगीहरूलाई उपलब्ध गराउने मासिक आयातको परिमाण ४९ हजार ५०० मेट्रिक टन रहेकोमा गत नोभेम्बर महिनाका लागि ४७ हजार २६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन र जनवरी २०२६ का लागि ४७ हजार ३०४ मेट्रिक टन आयातको सीमा तोकेको थियो । यस अनुसार जाडो महिनाको माग धान्न पुग्ने परिमाणमा ग्यासको उपलब्धता रहेको निगमले जनाएको छ ।

बजारमा केही उद्योगको ग्यास सिलिन्डर अभाव देखिएकाले ती उद्योगलाई सिलिन्डर आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको पनि निगमले स्पष्ट पारेको छ ।

फागुन २१ मा हुने आसन्न प्रतिनिधि सभा निर्वाचनलाई समेत मध्यनजर गरेर निगमले फेब्रुअरी महिनाका लागि साविकको आयात परिमाणमा २ हजार मेट्रिक टन थप गरी सीमा तोकिसकेको समेत जानकारी दिएको छ । साथै, निगमले अनावश्यक ग्यास भण्डारण नगर्ने समेत उपभोक्तालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३