विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको विद्युत लाइन ८ घन्टाका लागि काटिने भएको छ । प्राधिकरण पोखरा ग्रिड शाखाले १३२ केभी दमौली सबस्टेसनको मर्मत गर्न आपूर्ति बन्द गर्ने हुँदा वितरण केन्द्रको विद्युत सेवा अवरुद्ध हुन भएको हो । 

पोखरा ग्रिड शाखाले बिहान १० बजेदेखि सबस्टेसन बन्द गर्न लागेकाले मर्मत अवधिभर विद्युत लाइन काटिने वितरण केन्द्रले जनाएको छ । अवरुद्ध विद्युत सेवा साँझ ६ बजेबाट मात्रै सुचारु हुनेछ ।

मर्मत अवधिभर सबस्टेसनबाट सञ्चालन हुने दमौली, थर्पु, छाब्दी, सोती र तनहुँसुर फिडरमा विद्युत लाइन नआउने वितरण केन्द्रले जानकारी दिएको छ । यी फिडर बन्द हुँदा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र क्रसिङ्ग गाउँपालिकाको विद्युत सेवा प्रभावित हुनेछ । 

यस्तै, प्राधिकरण पुल्चोक वितरण केन्द्रका २ फिडरको सेवा पनि अवरुद्ध हुने भएको छ । रिंगरोड फिडरको लाइन काटिँदा नखु चोक, बागडोल, धोबीधारा, मालपोखरी, धोबीघाट, नयाँ बाटो, सनराएज टावर, आफल्डोल क्षेत्रको सेवा अवरुद्ध हुने भएको छ ।

बागटोलमा ट्रान्सफर्मर जडान कार्यका लागि यो फिडर बिहान ११.३० बाट अवरुद्ध भई दिउँसो साढे १ बजेबाट सुचारु हुने वितरण केन्द्रले जनाएको छ ।टेकु पुल्चोक फिडर अवरुद्ध हुँदा बल्खु हेल्थपोष्ट, सानेमा चोक, झम्सिखेल, पुल्चोक, प्रधान सेनापति क्वाटर, ठाडोढुंगा र हरिहर भवनको सेवा प्रभावित हुनेछ । यो फिडर दिउँसो २ बजेदेखि अवरुद्ध भई साँझ ५ बजेबाट सुचारु हुनेछ ।

महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गत लाइन मर्मतका लागि पानीपोखरी फिडर बन्द हुँदा लाजिम्पाट, पानीपोखरी र महाराजगन्ज क्षेत्रको सेवा अवरुद्ध हुने भएको छ । बिहान १० बजेदेखि अवरुद्ध हुने सेवा दिउँसो २ बजेबाट सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit