images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की र संखुवासभामा २३ मेगावाटका जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको ३ जलविद्युत् कम्पनीले साढे ९ करोड रुपैयाँ आर्जन गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो मुनाफा आर्जन गरेका हुन् ।

साउनदेखि असोजसम्मको आवधिमा ९ करोड ५९ लाख ८५ हजार २८४ रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरणमा उल्लेख छ । नाफा कमाउनेमा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर लिमिटेड र सिक्लेस हाइड्रो पावर लिमिटेड रहेका छन् । 

सिक्लेस हाइड्रो पावर लिमिटेड

कास्की जिल्लाको मद्क्यू खोलामा १३ मेगावाटको मदक्यू खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको सिक्लेस हाइड्रो पावर लिमिटेडले ६ करोड ३९ लाख १० हजार ५०० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले ३ महिनाको अवधिमा सो मुनाफा आर्जन गरेको हो । 

कम्पनीको खुद नाफा बढेसँगै विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको देखिएको छ । यो अवधिमा कम्पनीले जलविद्युत् केन्द्रको विद्युत् बिक्री गरी १२ करोड ७४ लाख ७८ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ ।

आयोजनाको विद्युत् खरिद सम्झौता बमोजिम यस मद्क्यू खोला जलविद्युत आयोजनाको स्वीचयार्डबाट ३३ केभी लाइन मार्फत १४ किलाेमिटर लामाे दुरीमा रहेकाे मादि सबस्टेसन हुँदै नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडी सन्तोषजनक रुपमा पूर्ण क्षमतामा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर लिमिटेड

कास्की जिल्लाको मर्दी खोलामा ७ मेगावाटको मर्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले १ करोड ८२ लाख ७४ हजार ४ सय रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्ष भने यो कम्पनीले २ करोड ३५ लाख १५ हजार ५०० रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

कम्पनीले जलविद्युत् केन्द्रको विद्युत् बिक्री गरी ५ करोड ४४ लाख ९६ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी गत वर्षको तुलनामा घटेको देखिएको छ । गत वर्ष यो कम्पनीले ६ करोड १७ लाख १४ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो ।

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले १ करोड ३८ लाख ३०० रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको देखिएको छ । गतवर्ष कम्पनीले २ करोड ६५ लाख ३२ हजार ८०० रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद नाफा घटेसँगै विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेको देखिएको छ । गत वर्ष विद्युत् बिक्रीबाट ९ करोड ८३ लाख ८३ हजार ३०० रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यो अवधिमा भने  १ करोड ३२ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit