विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले १६ हजार मेगावाटका आयोजनाको अध्ययन अनुमति पत्र जारी गरेको छ । आयोजना निर्माण गरेर विद्युत उत्पादन गर्न नेपाल विद्युत प्राधिकरण, उत्पादन कम्पनी तथा निजी कम्पनीका नाममा अनुमति पत्र जारी गरेको हो ।

विद्युत विकास विभागका अनुसार विभिन्न जिल्लामा पहिचान भएका २ सय २३ वटा जलविद्युत, २२ वटा सौर्य विद्युत र एक/एक वटा वायु र उखुको खोस्टा गरी २ सय ४७ विद्युत आयोजनाले अनुमति पाएका छन् । यी विद्युत आयोजनाले १५ हजार ९ सय ८५ मेगावाट विद्युत उत्पादन गर्नेछन् ।

जलविद्युतबाट १५ हजार ५ सय २४ मेगावाट, सौर्य ऊर्जाबाट, ४ सय ४१ मेगावाट, उँखुको खोस्टाबाट १५ मेगावाट र वायुबाट ३ मेगावाट विद्युत उत्पादन गर्न अनुमतिपत्र बाँडिएको विभागको तथ्याङकमा उल्लेख छ ।

जलविद्युतबाट विद्युत उत्पादन गर्न अध्ययन अनुमति पाउनेमध्ये सबैभन्दा ठुलो १ हजार ९ सय २ मेगावाटको मुगु कर्णाली स्टोरेज जलविद्युत आयोजना रहेको छ । यो आयोजना अध्ययन गर्न विद्युत उत्पादन कम्पनी लिमिटेडले २०७४ असार १५ गते अनुमति पाएको थियो ।

यस्तै, अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, एसजेभीएन लिमिटेडले ६ सय ७८ मेगावाटको तल्लो अरुण, टीबीआई होल्डिङ कम्पनीले ६ सय ५० मेगावाटको तामाकोसी–३ र नेपाल विद्युत प्राधिकरणले ६ सय मेगावाटको दुधकोसी जलविद्युत आयोजनाको अध्ययन गर्न अनुमति पाएका छन् ।

सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्न २२ आयोजनाले अध्ययन अनुमति पाएका छन् । अनुमति पाउनेमध्ये सबैभन्दा ठुलो सिजि इनर्जी इन्फ्रास्ट्रकचर प्रालिले १ सय २० मेगावाटको सौर्य आयोजना महोत्तरीमा अध्ययन गरीरहेको छ ।

यस्तै, एक सय मेगावाटको लामडाँडा लामपुर सौर्य आयोजना पनास इनर्जीले सिराहामा र अर्को एक सय मेगावाटको आयोजना मिथिला इनर्जीले महोत्तरीमा अध्ययन गर्न अनुमति लिएका छन् ।

उँखुको खोस्टा प्रयोग गरेर १५ मेगावाट विद्युत उत्पादन गर्न रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिस प्रालिले अध्ययन अनुमति पाएको छ । प्रालिले यो आयोजना बारामा अध्ययन गरीरहेको छ । यस्तै, वायुबाट ३ मेगावाट विद्युत उत्पादन गर्न फिउचर विन्ड् पावर प्रालिले अध्ययन अनुमति पाएको छ । प्रालिले २०७६ भदौ १६ गते अध्ययन अनुमति लिई मुस्ताङको जोमसोममा अध्ययन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit