विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इपान) ले शनिबार (मंसिर २४ गते) चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको साइट कार्यालय, सवारीमा स्थानीयले गरेको तोडफोड र आगजनीले ऊर्जा क्षेत्रमा नाकारात्कम सन्देश प्रवाह हुने जनाएको छ । स्थानीयले चम्पादेवी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको साइट कार्यालयमा आगजनी गरेका हुन् ।

राइनास नहरसँगको सरोकारको बिषयमा भएको असमझदारीपश्चात घटाइएको यस्तो अराजक घटनाप्रति इपानले आपत्ति जनाएको छ । स्थानीयले साइट अफिस एंव पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरी करिब ३ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको घटनाले स्तब्ध बनाएको इपानले जनाएको छ ।

हरेक आयोजनाहरू र त्यसका सरोकारवाला पक्षहरूबिचको कुनै पनि असमझदारी आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिन भन्दै इपानले दोषिउपर कारबाहीको माग गरेको छ ।

‘विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको सामना गरिरहनुपरेको छ, एक पक्षीयढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पुर्याउने तथा प्रवद्र्धक एवं कर्मचारीहरूलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यल अराजक र उदण्ड गतिबिधि हुने गरेका छन् । यस प्रकारका आपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रवाह हुन सक्छ’ विज्ञप्तीमा भनिएको छ ।

परियोजनाहरूको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरूमा यस्ता कार्यहरू निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न एवं पिडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन इपान माग गरेको छ ।

याे पनि पढ्न्रहाेस

स्थानीयद्वारा चम्पावती हाइड्रोको कार्यालयमा आगजनी, एक करोड बढीको क्षति

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit