विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको मध्यमेवा जलविद्युत आयोजनामा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत इक्विटी लगानी गर्ने भएको छ ।

लगानी गर्ने विषयमा बुधबार (चैत ९ गते) मेवा डेभलपर्स र एचआइडिसिएलबीच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा निर्माण चरणमा रहेको मध्य मेवा सुख्खायाममा ६ घण्टासम्म पिकिङ (पानी सञ्चय गर्न सकिने अर्धजलाशय) प्रकारको आयोजना हो ।

सुरुमा ४९ मेगावाट पहचान भएको आयोजना थप अध्ययन गरी क्षमता ७३.५ मेगावाट पुगेको छ । सन् २०२३ को अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ४३२ गिगावाट–घन्टा (४३ करोड २० लाख युनिट) विद्युत उत्पादन गर्नेछ ।
सम्झौता कार्यक्रममा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले सार्वजनिक–निजी सहकार्यको अवधारणा अनुरूप मेवा डेभलपर्स र कम्पनीबीच सहकार्य भएको बताए । यस आयोजनाबाट सुरु भएको सहकार्यले एचआइडिसिएल र ऊर्जा डेभलपर्ससँग सम्बद्ध भई जलविद्युत क्षेत्रमा थप सहकार्य गर्न सकिने पनि उनले बताए ।

यसैगरी, मेवा डेभलपर्सका अध्यक्ष विजयबहादुर राजभण्डारीले कम्पनीको उद्देश्य अनुरूप आयोजनाको निर्माण कार्य सुचारु भइरहेको र उच्च गुणस्तर कायम गर्दै निर्धारित समयमै काम सम्पन्न गरिने प्रतिबद्धता जनाए । ‘जलविद्युत आयोजनाको दिगो विकास गर्ने ऊर्जा डेभलपर्सको उद्देश्यमा एचआइडिसिएलको स्वँपूजी लगानीले सार्वजनिक–निजी अवधारणामा आगामी दिनमा ठूला आयोजनामा सहकार्य गर्न उत्साह प्रदान गरेको उनको भनाइ थियो ।

कार्यक्रम पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ्गले सार्वजनिक–निजी अवधारणामा मेवा डेभलपर्स र एचआइडिसिएलले नयाँ सुरुवात गरेको बताए । साथै, एचआइडिसिएलले तमोर नदीमा पहिचान गरेका अन्य आयोजनाहरू पनि छिटो सम्पन्न गर्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit