विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीका गहिरो प्रभाव सान्जेन जलविद्युत कम्पनीले रसुवामा निर्माण गरिरहेका २ जलविद्युत आयोजनामा परेको छ । कोराना कै कारण इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का पाएको चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार अहिलेसम्म नेपाल नफर्किएकाले १४.८ मेगावाटको माथिल्लो र ४२.५ मेगावाटको सान्जेन जलविद्युत कम्पनीको उपकरण जडानको काम प्रभावित हुन पुगेको हो ।

कोरोना महामारीको पहिलो रहर सुरु हुनुअघि माघ महिनामै चिनियाँ नयाँ वर्ष मनाउन गएका प्राविधिक तथा कामदार अहिलेसम्म नफर्किएकाले विद्युतगृहमा उपकरण जडान कार्य सुरु हुन नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार ढुंगेलले बताए । ‘इलेक्ट्रोमेकानिकल उपकरण नै झण्डै डेढ वर्षसम्म तिब्बतमा रोकिए,’ उनले ऊर्जा खबरसँग भने, ‘उपकरण विस्तारै आउँदैछन् । ठेकेदारका कामदार र प्राविधिक अझै आएनन् ।’

उनले भिसाको समस्या तथा नेपाल–चीन हवाई उडान सञ्चालन हुन नसकेकाले पनि ठेकेदार कम्पनीका प्राविधिक र कामदार आउन समस्या भइरहेको बताए । तिब्बतमा रोकिएका उपकरण भने ५० प्रतिशत बढी आयोजना स्थलमा आइपुगेको उनले बताए ।

इलेक्ट्रोमेकानिकल ठेकेदारका प्राविधिक तथा कामदार ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए । प्रयासका बाबजुद कामदार र प्राविधिक नेपाल आउन अब पनि थप समय लाग्ने अवस्था देखिएमा स्थानीय कामदार तथा प्राविधिक खटाएर काम गर्ने विकल्पमा समेत छलफल भइरहेको उनले बताए ।

माथिल्लो सान्जेनको सिभिल संरचना निर्माणको सबै काम सम्पन्न भइसकेको छ । सान्जेनको पनि सिभिलतर्फको काम अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ । 

इलेक्ट्रोमेकानिकलतर्फको काम सुरु हुन नसकेकै कारण यी आयोजनाको विद्युत उत्पादन अनिश्चित बनेको छ । दुवै आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ६ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit