विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रसारण लाइनको समस्याले संखुवासभास्थित ३ मेगावाटको पिलुवा खोला जलविद्युत केन्द्रको उत्पादन डेढ मेगावाटमा सिमित हुन पुगेको छ । विद्युत प्रवाह हुने प्रसारण लाइनले नधानेपछि जलविद्युत केन्द्र मध्य बर्खामा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो ।

प्रसारण प्रणालीले नधानेपछि अहिले क्षमता घटाएर जडितको ५० प्रतिशत मात्रै विद्युत उत्पादन गरिरहेको प्रवर्द्धक अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीका सञ्चालक रमेशप्रसाद न्यौपानेले बताए । ‘बर्खामा जलविद्युतगृहले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नुपर्ने हो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, यो वर्ष पनि प्रसारण लाइनको समस्या समाधान हुन नसकेकाले आधा विद्युत खेर फाल्नु परिरहेको छ ।’

उनले निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइन सञ्चालनमा नआउन्जेल यो समस्याको समाधान नहुने बताए । नेपाल विद्युत प्राधिकरणले कोसी कोरिडोरको बाँकी काम सम्पन्न गरी ३३ केभीमा ट्यापिङ गरेर ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा–भोजपुर प्रसारण लाइनको खेर जाने विद्युत ‘सिफ्ट’ गर्ने तयारी गरिरहेको छ ।

विद्युत प्रवाह भइरहेको ३३ केभी प्रसारण लाइन बर्खामा सधैं ‘ओभर लोड’ हुने गरेको छ । यो प्रसारण लाइनको क्षमता ११ मेगावाट विद्युत बोक्न सक्ने मात्रै छ । तर, अहिले ३३ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको छ ।

हिउँदमा जलविद्युतगृह कम क्षमतामा चल्ने हुँदा केही समस्या नभए पनि बर्खामा सधैं विद्युत खेर जाने गरेको छ । तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाका जलविद्युत केन्द्रले उत्पादन गर्ने विुत दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा हुँदै भोजपुरसम्म पुगेको यो प्रसारण लाइनमा जोडिएको छ ।

अहिले यो प्रसारण लाइनमा जोडिएको पिलुवासहित संखुवासभामा १२ मेगावाटका ४, भोजपुरमा १३ मेगावाटका २ र तेह्रथुममा ७.५ मेगावाटको एउटा जलविद्युत केन्द्रको विद्युत खेर गइरहेको छ । तेह्रथुमस्थित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोलाको ५ मेगावाट विद्युत खेर गइरहेको छ ।  

यी जलविद्युतगृहका प्रवर्द्धकले गत वर्ष पनि यो समस्या झेलेका थिए । यो वर्ष ८ मेगावाटको टक्सार पिखुवाको समेत उत्पादन थपिएकाले बर्खामा २२ मेगावाट विद्युत खेर गइरहेकाे छ ।

कोसी कोरिडोर प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगे पनि दुहबी सबस्टेसनको काम सकिएको छैन । दुहबी सबस्टेसन तयार नहुन्जेल कोसी कोरिडोर प्रसारण लाइन सञ्चालनमा नआउने यस क्षेत्रमा सञ्चालित जलविद्युतगृहको उत्पादन यो वर्ष पनि खेर जाने अवस्था छ ।

यी जलविद्युतगृहको विद्युत खपत हुने भोजपुर, तेह्रथुम, धनकुटा र संखुवासभाको विद्युत माग अधिकतम ८ र न्युनतम ३ मेगावाट हाराहारी मात्रै छ । अधिकतम खपत हुने समयमा पनि उत्पादन र खपतबीच ठूलो अन्तर छ । 

देशको विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन उत्पादन भएको सबै विद्युत प्रवाह हुन नसक्ना प्रवर्द्धकले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।  यता माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट विद्युत आयात गर्दा ठूलो धनरासी विदेशिएको छ ।

अहिले पनि प्राधिकरणले ५ सय मेगावाट विद्युत भारतबाट आयात गरिरहेकाे छ । यस्तै खाले समस्या अधिकांश जलविद्युत आयोजनाले भोगिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३