विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत आयोजनाको काम ४५ प्रतिशत पुरा भएको छ । कम्पनीले रामेछापको खिम्ती खाेलामा निर्माण गरिरहेको जलविद्युत आयोजनाको निर्माण सुरु भएकाे डेढ वर्षमा करिब आधा काम सकिएको हो ।

अहिले आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत सबै क्षेत्रकाे काम समान रुपमले अघि बढेकाे कम्पनीका अध्यक्ष कृष्ण आचार्यले बताए । उनका अनुसार आयोजनाको ६४ मिटर उचाइ तथा ८.६ मिटर व्यास भएको सर्ज ट्यांकको प्रारम्भिक छिद्र ( पाइलट होल) खन्ने काम सफलतापूर्वक सम्पन्न भएकाे छ ।

आयोजनाकाे २.२९२ किलाेमिटर लामाे सुरूङकाे काम पनि भइरहेकाे छ । ‘सबै क्षेत्रकाे कामहरू एकपछि अर्को हुदै तीव्र गतिमा अघि बढीरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘निर्माण प्रक्रियामा कुनै प्रकारको अवरोध नआएमा अबको २ वर्ष भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।’

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चीनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

अब, आयोजनाकाे काम सबै पूरा गरी दुइ बर्षभित्र उत्पादन सुरू गर्ने लक्ष्य रहेकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार आयाेजनाबाट उत्पादन भएकाे विद्युत किर्ने सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिउको छ । तर, कोरोना माहामारीका कारण निर्माणमा ढिलाई तथा सिमेन्टबाहेकका उपकरण तथा निर्माण सामग्रीको मुल्य बढेकाले लागत केही बढ्ने सम्भावना देखिएको कम्पनीले जनाएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३