विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रय लगायत देशका विभिन्न विमानस्थलमा भारतीय गुप्तचर राख्ने उद्देश्यअनुसार सोलार प्लान्ट विकास गर्ने योजना अर्थात् विषयलाई ‘अतिरञ्जनपूर्ण र कपोलकल्पित’ रहेको बताएको छ ।

सोलार प्लान्ट विकास गर्ने र त्यो भारतअनुकूल गर्न लागिएको भन्ने विषय बाहिर आएपछि प्राधिकरणले यसको खण्डन गरेको हो । प्राधिकरण र भारतीय कम्पनीबीच ऊर्जा विकास सम्बन्धी आवश्यक क्षेत्रहरूमा अध्ययन र सहकार्य गर्ने भन्ने प्रस्तावलाई अतिरञ्जित गरी देशको सुरक्षा जस्तो संवेदनशील विषयसँग जोडी प्रचार गरिएको भन्दै प्राधिकरणले यस्तो कुनै काम नभएको प्रस्ट पारेको छ ।

प्राधिकरणले सोमबार (जेठ ३१ गते) विज्ञप्ति जारी गर्दै भनेको छ– ऊर्जा क्षेत्रमा नेपाल–भारत संयुक्त निर्देशक समितिबाट विगतमा भएका वार्ता अनरूप सौर्य र वैकल्पिक ऊर्जाका क्षेत्रमा सहकार्य गर्न प्राधिकरण र भारतको एनटिपिसी कम्पनीबीच सहकार्यको मस्यौदा (एमओयू) तयार गरी सञ्चालक समितिमा छलफलका लागि पेश भएको विषयमा कपोलकल्पित भ्रम छर्ने प्रयास भएको हुँदा यसबारे प्रस्ट हुन जरुरी देखिएको छ ।

प्रस्तावित मस्यौदा वैकल्पिक ऊर्जाको क्षेत्रमा अध्ययन र विकास गर्न एक अर्कालाई बाध्यकारी नहुने गरी (नन बाइन्डिङ) भारतलगायत अन्य देशका स्वायत्त संस्थाहरूबीच सहकार्य गरिने संस्था र कम्पनीस्तरको समझदारी सरहको प्रस्ताव रहेको खुलाइएको छ । यसबाट वैकल्पिक ऊर्जामा विशेष गरी नहरमाथि सौर्य उत्पादन गर्ने प्रविधि जस्ता क्षेत्रमा प्राधिकरणलाई सहयोग पुग्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणका अनुसार सञ्चालक समितिमा पेश गर्न लागेको प्रस्तावमा भारतीय सहयोगमा २०२३ सालमा निर्मित त्रिशूली आयोजनाको मुख्य नहरमाथि राख्ने गरी डिजाइन गर्न र स्थानीय तहबाट उपलब्ध हुने जग्गामा ५०० देखि १००० किलोवाटको सोलार विकास गर्न एनटिपिसीसँग सहकार्यका लागि छलफल अघि बढाइएको हो ।

यसैगरी, प्राधिकरण र एनटिपिसीबीच सहकार्यको उक्त प्रस्तावित मस्यौदामा नेपालका कुनै पनि विमानस्थलमा सोलार राख्ने भन्ने विषय नरहेको पनि प्रस्ट्याइएको छ । प्राधिकरण यस्तो सुरक्षाको विषयमा संवेदनशील रहेको जनाइएको छ ।

विज्ञप्ति अनुसार वैकल्पिक ऊर्जा सम्बन्धी लघु जलविद्युत्, सौर्य ऊर्जा र वायु ऊर्जा एवं पम्प जलाशय आयोजनाको समिश्रण सम्बन्धमा एनटिपिसीसँगको सहकार्यमा अध्ययन गर्नेबारेको प्रस्तावमा छलफल गर्ने प्रयासमात्र छ । यस्तो प्रास्ताव सञ्चालक समितिमा छलफलका लागि पेश गर्न लागेको सैद्धान्तिक कागजात रहेको पनि उल्लेख छ ।

प्राधिकरणले जलाशयमा फ्लोटिङ सोलार आफैंले डिजाइन गर्ने उद्देश्यसहित काम गर्दै आएको भन्दै यसमा कुनै विदेशी सहयोग प्राप्त नगरी आफ्नै इन्जिनियरिङ क्षमता प्रयोग गर्दै सोलार प्रविधिमा नेपालको स्वदेशी क्षमता वृद्धि गर्न कार्यरत रहेको विज्ञप्तिमा जनाइएको छ । हरेक नेपालीको घरमा विद्युत् पुर्याउने र समृद्ध नेपाल बनाउने काममा योगदान पुर्याउन प्राधिकरण सदैव कटिबद्ध रहेको उल्लेख छ ।

प्राधिकरणले देशको ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहयोग र समन्वयमा कार्य गर्दे आइरहेको जनाएको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन र देशैभरि शतप्रतिशत विद्युतीकरण एवं देशको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि विभिन्न विकास साझेदार निकायसँग सहकार्य कामलाई पनि प्राधिकरणले निरन्तरता दिएको छ ।

यस विषयमा प्राधिकरणले विश्व बैंक, एसियाली विकास बैंक (एडिबी), युरोपियन इन्भेष्टमेन्ट बैंक, भारतीय र चिनियाँ आयात÷निर्यात (एक्जिम) बैंक लगायत निकायसँग ऋण तथा अनुदान सहयोग लिई विभिन्न आयोजना विकास गर्दै आएको छ । इन्जिनियरिङ डिजाइनको क्षेत्रमा प्राधिकरण एवं यसका सहायक कम्पनीहरूले विभिन्न आयोजनाको अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit