विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमन)को अध्यक्षमा कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन् । संघको चितवनको सौराहामा सम्पन्न २३औं साधारणसभाबाट पराजुली निर्वाचित भएका हुन् ।

सौर्य इनर्जी प्रालिका प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा क्वालिटी रिन्युएवल इनर्जी नेपाल प्रालिका प्रबन्ध निर्देशक हरिनारायण गौतम, प्रथम उपाध्यक्षमा ब्राइट भिजन इनर्जी प्रालिका प्रबन्ध निर्देशक ओम बहादुर खत्री निर्वाचित भएका छन् ।

यसैगरी, द्धितिय उपाध्यक्षमा सौर्य उर्जा नेपाल प्रालिका निर्देशक दिपेन्द्रप्रसाद सिटौला, संघको महासचिवमा स्काई सन इनर्जी कम्पनी प्रालिका दिपक गौतम, सचिवमा स्मार्ट सोलार प्रालिका सुदर्शन बानियाँ र कोषाध्यक्षमा पिकसन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रालिका राजकुमार क्षेत्री चयन भएका छन् ।

संघको सदस्यमा राजेन्द्रबहादुर खड्का, ज्ञानु शाह, बुद्धिराज तिमल्सिना, भानुभक्त पौड्याल, रामप्रसाद कोइराला, रामेश्वर वाग्ले, भरत नेपाल निर्वाचित भएका छन् ।

खड्का इनर्जी एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि, शाह उज्यालो उर्जा प्रालि, तिमल्सिना सोलार कन्स्ट्रसक्न एण्ड इनर्जी प्रालि, पौड्याल सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट प्रालि, कोइराला अन्नपूर्ण सोलार प्रालिमा कार्यरत छन् । यसैगरी, वाग्ले उर्जा घर प्रालि र नेपाल ग्रिनटेक प्रोजेक्ट प्रालिमा कार्यरत छन् । संघमा निवर्तमान अध्यक्ष प्रकाश विक्रम वस्नेत पदेन सदस्य रहने ब्यवस्था छ ।

सौर्य विद्युत् उत्पादक संघ सौर्य उर्जाको क्षेत्रमा काम गर्ने नीजि क्षेत्रको साझा संस्था हो । यस संस्थामा देशभरका ९७ वटा सदस्य कम्पनी आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit