विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रुकुमपूर्वको पूर्ण हिमाली क्षेत्रमा पर्ने दुई गाउँपालिकामा विद्युतीकरण गरिएकाे छ । पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १२ मा पर्ने क्युवाङदेखि कोल हुँदै वडा नम्बर १४ मा पर्ने राङसीसम्म विद्युतीकरण गरिएको हाे । राङसीमा ५० केभीएको ट्रान्सफर्मर राखी करिब १० किलोमिटर लामो ११ केभीको लाइन विस्तार गरी सो ठाउँमा विद्युतीकरण गरिएको रुकुमपूर्व वितरण केन्द्रका प्रमुख प्रमोद खनालले ऊर्जा खबरलाई बताए । 

उनका अनुसार कोलमा ५० केभीए, गरखानीमा २५ केभीए, क्युवाङमा २५ केभीए गोलखाडामा २५ केभीए ट्रान्सफर्मर राखी विद्युत् वितरण गरिएको छ । लाइन विस्तारपछि यस स्थानका करिब १ हजार घरधुरी ग्राहक परिवार लाभान्वित भएको उनले बताए । यो लाइन पश्चिम रुकुमको भैरेनी चौर सबस्टेशनबाट लगिएको हो । 

त्यस्तै, लुम्बिनी प्रदेशकै हिमपात हुने पर्यटकीय सम्भावना बोकेको रोल्पा र वाग्लुङको सीमानामा पर्ने रुकुमपूर्वको भूमे गाउँपालिका–१ पातीहाल्नेमा करिब ८ किलोमिटर ११ केभी लाइन विस्तार गरी २५ केभीको ट्रान्सफर्मरमार्फत त्यस क्षेत्रका होटल व्यवसायीलाई विद्युत् वितरण गरिएको छ । यो लाइनबाट भविष्यमा यस क्षेत्रमा सौर्य ऊर्जाबाट चलिरहेको नेपाल टेलिकमको टावरलाई समेत विद्युत् सेवा पुग्ने छ । 
 
बाग्लुङमा निर्माणाधीन बुर्तिवाङ सबस्टेशन १३२/३३ केभीलाई स्रोत लाइन बनाएर भविष्यमा यस क्षेत्रमा विद्युत् ल्याउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३