विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडमा अध्यक्ष तथा प्रबन्ध निर्देशक तोकिनुका साथै एक जना महिलासहित ४ जना सञ्चालक निर्वाचित भएका छन् । असार ३० गते सम्पन्न निर्वाचनबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् । 

कम्पनीका अनुसार अध्यक्ष रहेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले अनिवार्य अवकाश पाएपछि चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रलाई उक्त जिम्मेवारी तोकिएको छ । यस्तै, प्राधिकरणले मनोनित गर्ने दुई जना सञ्चालकमा राजन ढकाल र छवि गैह्रे रहेका छन् ।

ढकाल प्राधिकरण विद्युत् व्यापार विभागको निर्देशकको जिम्मेवारीमा छन् भने गैह्रे रसुवागढी कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । ढकालको ठाउँमा यसअघि प्राधिकरणकै पूर्व–उपकार्यकारी निर्देशक प्रबल अधिकारी रहेका थिए । गैह्रेलाई कम्पनीको असार २७ गतेको सञ्चालक समितिको बैठकले प्रबन्ध निर्देशकको जिम्मेवारी तोकेको जनाइएको छ । 

यसैगरी, निर्वाचित सञ्चालकहरूमा बच्चुराम रिमाल, सुनौ औदी तामाङ, अग्रिमरत्न शाक्य र लक्ष्मी गौतम रहेका छन् । यसअघि कम्पनीको सञ्चालकमा भीमप्रसाद तिमल्सिना र रामप्रसाद रिमाल निर्वाचित भइसकेका थिए । २०७२ सालदेखि कम्पनीको सञ्चालकमा निर्वाचित हुँदै आएका रामप्रसाद रिमालको यो तेस्रो कार्यकाल हो । 

कम्पनीले निर्माण गरेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालको अन्तिम तयारीमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३