विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको अनुदान सहयोग र नेपाल सरकारको लगानीमा एमसीए नेपाल विकास समितिले अघि बढाइरहेको प्रसारण लाइन पूर्वाधार अन्तर्गतका ३ वटै ४०० केभीका सबस्टेशनहरूको निर्माण सम्झौता सम्पन्न भएको छ । बुधबार नयाँ दमौली ४०० केभी सबस्टेशन निर्माणका लागि सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट परियोजना अन्तर्गतका ३ वटै सबस्टेशनको ठेक्का सम्झौता सकिएको हो । 

उक्त सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता भएको एमसीए नेपालले जनाएको छ ।

सोही कम्पनीसँग २०८१ जेठमा ४०० केभीकै रातमाटे सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको थियो । नयाँ दमौली पनि रातमाटे जस्तै १ हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेशनमध्येको एउटा हुनेछ । नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने बताइएको छ ।

नयाँ दमौली सबस्टेशन निर्माणको सम्झौता पत्रमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन  सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माणमा आर्थिक सहयोग गर्नेछ ।

अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन कार्य भइरहेको छ। एमसीए–नेपालले यसको निर्माण सम्झौता साउनमा गर्ने लक्ष्य लिएको छ ।

बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी छ । एमसीए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि  आउँदो भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।२०८० भदौ १३ देखि कार्यान्वयनमा आएको एमसीसी परियोजनाको समयसीमा ५ वर्षको छ ।

नेपाल र अमेरिकी सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउन २०७४ सम्झौता भएको थियो । यो परियोजनामा नेपालले १३ करोड डलर अर्थात् करिब ८३ अर्ब करोड रुपैयाँ खर्चिने सम्झौता छ ।

एमसीसी परियोजनाअन्तर्गत भारतीय सीमादेखि न्यू बुटवल, न्यू बुटवल–न्यू दमौली, न्यू दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौँडा र रातमाटे–लप्सीफेदी (काठमाडौँ) प्रसारण खण्ड निर्माण हुनेछन्  । सबै प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ ।

रातमाटे, दमौली र बुटवलमा तीन वटा ४०० केभीका ठूला सबस्टेशन निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ५८ करोड २४ लाख अमेरिकी डलर खर्च गरिनेछ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एमसीसी परियोजनाअन्तर्गतका तीनवटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्न  सरोकारवालालाई आग्रह गरे ।

अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेले यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए–नेपालले गरेका निरन्तर प्रयासको राम्रो सङ्केत भएको बताए । उनले भने, ‘फैलिँदो ऊर्जा क्षेत्रका लागि यी तीन वटा सबस्टेशन महत्त्वपूर्ण छन् र यिनले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।’

अमेरिकी राजदूत डीनआर थम्प्सनले  आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका एमसीसी परियोजना महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा दिन, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट सफल कथाको महत्त्वपूर्ण अङ्ग बन्दै छ ।’

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनवटै सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु कोसेढुंगा रहेको बताए । कार्यक्रममा टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, विद्युत् प्राधिकरण, एमसीसी र एमसीए–नेपालका अन्य पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३