विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वदेशी विद्युत्गृहबाट उत्पादन हुने बिजुलीको परिमाण निरन्तर घटेपछि माग र आपूर्तिबीच सन्तुलन मिलाउन भारतबाट बढी आयात गर्नुपरेको छ । सुख्खा मौसमका कारण नदी तथा खोलामा पानीको बहाब कम भएपछि नदी प्रवाही आयोजनाबाट उत्पादन हुने विद्युत् निकै कम भएको छ ।

स्वदेशी उत्पादन घटेपछि बिहान वा बेलुकीको उच्च माग हुँदा केन्द्रीय प्रणालीमा भारतबाट आयातित बिजुलीको परिमाण बढी देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार (चैत ३० गते) को उच्च माग १४३६ मेगावाट थियो । त्यो दिन भारतबाट ७९९ मेगावाट (५५.६४ प्रतिशत) विद्युत् आयात भएको छ ।

यसैगरी, सोही दिनको उच्च माग हुँदा प्राधिकरणको उत्पादन ४४६ मेगावाट (३१.१० प्रतिशत) र निजी क्षेत्रको १९१ मेगवाट (१३.३० प्रतिशत) मात्र छ । जबकि, निजी क्षेत्रको जडित क्षमता ७७२ मेगावाट पुगिसकेको छ । जडित क्षमताको तुलनामा निजी क्षेत्रको उत्पादन जम्मा २४.७४ प्रतिशत रहेको छ ।

सोमबार निजी क्षेत्रद्वारा प्रवद्र्धन गरिएको २५ मेगावाटको काबेली ‘बी’ १ बन्द हुँदा भारतबाट आयातित विद्युत्को परिमाण बढेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । यस्तै, आइतबार (चैत २९ गते) प्रणालीमा उच्च माग १४६३ मेगावाट रेकर्ड भएको छ । यो दिन भारतबाट ७८४ मेगावाट आयात भएको थियो भने प्राधिकरण र निजी क्षेत्रको उत्पादन क्रमशः ४३३ मेगावाट र १८१ मेगावाट उत्पादन भएको थियो ।

याे पनि पढ्नुहाेस् : स्वदेशी विद्युतगृहको हिउँदे उत्पादनको अवस्था दयनीय, माग धान्न सधैं भारतको भर

आइतबार ४५ मेगावाटको भोटेकोसी मर्मतका लागि बन्द हुँदा निजी क्षेत्रको उत्पादन कूल जडित क्षमताको २३.४४ प्रतिशतमा झरेको थियो । यसअघि चैत २५ गते उच्च माग भएको बेला निजी क्षेत्रको उत्पादन २०६ मेगावाट थियो ।

हिउँद अर्थात् सुख्खायाममा स्वदेशी नदी प्रवाही आयोजनाको उत्पादन एक तिहाई अझ यो भन्दा पनि तल झर्ने हुँदा जलाशय आयोजना निर्माणको टडकारो देखिएको छ । निजी क्षेत्रको उत्पादनले क्षमता मात्र थपेको देखिन्छ । जुन बर्खाको समयमा प्रयोगमा आउन सक्छ । तर, हिउँदका लागि जलाशय वा भारतबाट आयातित बिजुलीमा भर पर्नुको विकल्प छैन ।

प्राधिकरणका १०६ मेगावाटको कुलेखानी जलाशय, अर्धजलाशय विद्युत्गृहहरू १४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, ३० मेगावाटको चमेलियाले प्रणाली जोगाउने काम गरेका छन् । प्राधिकरणको जडित क्षमता ६४६ मेगावाट रहे पनि करिब ७० प्रतिशतसम्म उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३