विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बजाङको कालंगा बेसिनमा निर्माण सम्पन्न ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सकिएको छ । कालंगा हाइड्रो इनर्जी कम्पनीले ८.५ किलोमिटर लामो हेडरेस सुरुङको परीक्षण पूरा गरेको हो ।

निर्माण पूरा भएको सुरुङमा पानी भरेर परीक्षण सम्पन्न गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले १२५० मिटर लामो पेनस्टकको परीक्षण भइरहेको छ ।

यही बेसीनमा कालंगा हाइड्रो इनर्जी कम्पनीले १५.३३ मेगावाटको कालंगा गाड र बुंगल हाइड्रो कम्पनीले १०.७० मेगावाटको सानीगाड आयोजना अघि बढाएका छन् । अहिले कालंगा गाडको निर्माण पूरा भई परीक्षण समेत सकिए पनि प्रसारण लाइन तयार नहुँदा विद्युत जोडिन पाएको छैन् ।

यसैगरी, सानिगाडको अन्तिम चरणको काम भइरहेकोले आगामी माघचित्र पूरा गर्ने कम्पनीको योजना छ । यो आयोजनाको सुरुङ खन्ने र विद्युतगृहको  काम पूरा भएको तथा पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ ।

जलविद्युत आयोजनाको काम सकिए पनि प्रसारण लाइन निर्माणमा केही ढिला हुने हुँदा विद्युत उत्पादन तालिका लम्बिएको कम्पनीले जनाएको छ । उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिने छ ।

जलविद्युत आयोजनाहरूको काम धमाधम भइरहेको तर कम्पनी आफूले निर्माण गरिरहेको प्रसारण लाइनमा ढिलाई हुँदा जलविद्युत आयोजना उत्पादन तालिका प्रभावित हुँदै आएका छन् । लाइन निर्माण गर्ने ठेकेदारले काम ढिलाई गर्दा तालिका प्रभावित हुँदै आएको कम्पनीले जनाएको छ । अहिले लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

 यी जलविद्युत आयोजना पूरा भएपछि सुदूरपश्चिम क्षेत्रमा विद्युत आपूर्ति सहज बन्नेछ । हाल यस क्षेत्रमा अपि पावरले निर्माण गरेका दुई आयोजना र भारतबाट आयाति विद्युत आपूर्ति भइरहेको छ ।

३ वटै आयोजनाबाट २०७८ सालको चैतभित्रै विद्युत उत्पादन गर्ने तालिका रहे पनि भौगोलिक विकटता, बाढी–पहिरो, केही स्थानीय समस्या, कोरोना महामारी (कोभिड–१९) को असर जस्ता कारणले विद्युत उत्पादन गर्नुपर्ने अवधि (आरसिओडी) लम्बिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३