विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा मन्त्री र कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा ५०० मेगावाटभन्दा ठूला जलाशय जलविद्युत् आयोजना, हरित हाइड्रोजन उत्पादन गरी रासायनिक मल उत्पादन गर्ने कार्यमा सघाउन दक्षिण कोरिया सरकारलाई आग्रह गरेका छन् । मन्त्रालयमा शिष्टाचार भेटवार्ताका लागि आएका कोरियाली राजदूत पार्क ताइयोङ मार्फत उनले कोरियाली सरकारसमक्ष यस्तो आग्रह गरेका हुन् ।

नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखिको सहकार्य स्मरण गर्दै मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन मिलाउन तथा विद्युत् निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत आयोजना आवश्यक भएको बताए । उक्त आवश्यकता पूरा गर्न ५०० मेगावाटभन्दा ठूला जलाशय आयोजनामा सरकार–सरकार (जिटुजी) तहबाट साझेदारीमा या कोरियाली निजी कम्पनीको लगानीमा अघि बढ्न नेपाल तत्पर रहेको उनले बताए । यस्तो सहकार्यमार्फत कोरियामा सफल रहेको एवम् नेपालमा प्रचुर सम्भावना देखिएको हरित हाइड्रोजनको उत्पादनलाई नमुना परियोजनाको रूपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालन सकिने उनको भनाइ छ ।

त्यस्तै अरुण नदी कोरिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयात–निर्यात (एक्जिम) बैंकमार्फत प्राप्त हुने सहायतालाई छिटो टुङ्ग्याउन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलगायतमा आवश्यक सहयोग गर्नसमेत उनले आग्रह गरे । 

भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराएका थिए । आयोजनाको निर्माण प्रगति झन्डै ७० प्रतिशत पुगेको र आउँदो डिसेम्बरभित्र मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेका जानकारी गराए । आयोजनाको सुरुङ छिचोल्ने समारोहमा सहभागी भइदिन आग्रह गर्दै राजदूत पार्कले हालसम्म प्राधिकरणबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, कोरियाले नेपालको ऊर्जा क्षेत्रको विकासमा उल्लेख सहयोग गरिरहेको भन्दै राजदूत पार्कले कोरियाली कम्पनीलाई नेपालमा आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी गराए । साथै उनले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३