विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँमा निर्माणाधीन ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले अबको २ सातामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको सौर्य विद्युत आयोजना भदौ २९ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने तय भएको हो ।

सुरुको निर्धारित लक्ष्यभन्दा २ वर्ष ढिलो गरी सौर्य विद्युत आयोजना सञ्चालनमा आउन लागेको प्रवर्द्धक सोलार फार्म प्रालिका प्रबन्धक तिलबहादुर आलेले बताए । उनका अनुसार सौर्य विद्युत आयोजनाको करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेकाले यो तालिका प्रभावित नहुने बताए ।

‘ठेकेदारको असक्षमताले काम गर्दै जाँदा ढिलो भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘अब अन्तिम चरणको १० प्रतिशत काम बाँकी छ । यो काम सकिएपछि केही दिनमै परीक्षण सुरु गर्दैछौं ।’ सौर्य विद्युत आयोजनामा १३ हजार ४ सय ९४ वटा सौर्य प्यानल जडान भएका छन् । सोलार फार्म प्रालिले तनहुँको शुक्लगण्डकी नगरपालिकास्थित क्याम्पसको १ सय रोपनी जग्गामा सौर्य विद्युत आयोजनाको संरचना निर्माण भइरहेको छ ।

यो सौर्य विद्युत आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ को लगानी छ  । यो सौर्य विद्युत आयोजना सम्पन्न गर्न हुँदा ४५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण भइरहेको यो सौर्य विद्युत आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको पहिलो हो । प्राधिकरणसँग भएको पिपिए हुँदा २०७६ साउनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो ।

ठेकेदारको असक्षमता, कोरोना (कोभिड–१९) महामारीको प्रभावलगायत कारणले उत्पादन तालिका प्रभावित हुन पुगेको कम्पनीले जनाएको छ । यसबिचमा सौर्य विद्युत आयोजनाको विद्युत जोडिने सबस्टेसन पनि परिवर्तन हुन पुगको छ । प्राधिकरणसँग प्रसारण सम्झौता हुँदा सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत दमौली सबस्टेसनमा जोडिने तय भएको थियो । 

अहिले ५ किलोमिटर दुरीमा बेलचौतारा सबस्टेसनमा तयार भएकाले त्यहीं जोडिने भएको छ । बेलचौतारा सबस्टेसनमा जोड्न पहिले गरेको प्रसारण सम्झौता संशोधन गरिएको थियो ।

आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार प्राधिरकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत आयोजना हो । यो भन्दापछि पिपिए भएका ३ सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit