विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भए यता करिब १ सय ४० मेगावाटका सौर्य विद्युत आयोजनाले  अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएका छन् । निजी ऊर्जा उत्पादक कम्पनीले ७ आयोजनाको अध्ययन गर्न विद्युत विकास विभागमा अनुमतिपत्रका लागि आवेदन पेश गरेका हुन् ।

विभागका अनुसार महोत्तरी जिल्लामा मात्र १ सय २० मेगावाटको सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिका लागि आवेदन परेको छ । बाँकी २० मेगावाटको कैलालीमा अध्ययन अनुमतिका लागि आवेदन परेको छ ।

आवेदन परेको मध्ये सबैभन्दा ठुलो ८० मेगावाटको सौर्य विद्युत आयोजना रहेको छ । यो आयोजना मिथिला इनर्जी प्रालिले महोत्तरीको गौशालामा निर्माण गर्न अध्ययन अनुमतिका लागि आवेदन दिएको हो । कम्पनीले अध्ययन अनुमतिका लागि साउन १ गते आवेदन दिएको विभागले जनाएको छ ।

यस्तै, महोत्तरीमा ४० मेगावाटको ४ सोलार आयोजना अध्ययन गर्न अनुमतिका लागि आवेदन परेको छ । सितल पावर कम्पनीले जिल्लाको औराही, विजयालपुर र हात्तिसर्वामा अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । यस्तै, कमला पावरले हात्तिसर्वा र पशुपतिनगरमा अध्ययन गर्न अनुमति माग गरेको छ । 

पवन इनर्जीले २० मेगावाटको २ आयोजना अध्ययन गर्न साउन १ गते अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले जिल्लाको हात्तीसर्वा, मेगनाथ गोरहान्नामा अध्ययन गर्न अनुमतिका लागि आवेदन दिएको छ ।

यस्तै, कैलालीको गोदावारीमा २० मेगावाटको २ सौर्य विद्युत आयोजना अध्ययन गर्न एड्भिक इनर्जी लिमिटेडले अनुमतिका लागि आवेदन दिएको छ । कम्पनीले साउन ४ गते र ५ गते अनुमति माग गर्दै आवेदन दिएको हो । २०७७ चैत्रदेखि हालसम्म २ सय ९० मेगावाटका २४ सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिका लागि आवेदन परेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit