विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ताप्लेजुङ जिल्लामा निर्माणधीन २८.८ मेगावाटको माथिल्लो काबेली जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाका संरचनाहरू जिल्लाको सिरिजङ्गा गाँउपालिका–१, २, ४ र सिदिङ्वा गाँउपालिका–५ र ६ मा निर्माण भइरहेका छन् ।  

अमेरिकामा रहेका गैरआवासीय नेपाली व्यवसायी तथा उद्यमीहरूको समूहले स्थापना गरेको टेस्ला हाइड्रोको ७८ प्रतिशत सेयर स्वामित्व पिस इनर्जीको नाममा रहेको छ । यी दुई कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याएर आयोजना विकास गरिरहेका हुन् । आयोजना निर्माणका लागि कुल लागत ५ अर्ब ५४ करोड लाग्ने अनुमान गरिएको आयोजना प्रमुख प्रकाश ढुङ्गानाले ऊर्जा खबरसँग बताए । । 

संरचनाका कामहरू धमाधम भइरहेका र अबको डेढ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले बताएका छन् । विद्युत्‌गृह, हेडरेस र इन्टेकको काम भइरहेको र अब डिसेन्डरको काम सुरु गर्ने उनले बताए । साथै सुरुङको काम ६० प्रतिशत सकिएको छ अब ४ महिनामा सुरुङको काम सम्पन हुने जानकारी दिएका छन् ।

आयोजनाले वार्षिक १६९.७४८ गिगावाट बिजुली उत्पादन गर्ने छ । उत्पादन हुने बिजुली विद्युत् पाँचथर जिल्लाको अमरपुर सबस्टेसनमा जोड्ने तयारी छ ।  उक्त सबस्टेसनसम्म बिजुली लैजान आवश्यक १४ किलोमिटर लामो १३२ केभी सिगल सर्किट प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्ने छ ।

आयोजनाले सामाजिक कार्य अन्तर्गत विद्यालयको भवन निर्माण, विद्यालयमा चमेनागृह, स्वास्थ क्षेत्रमा सहयोग, खानेपानी सेवा जस्ता क्षेत्रमा सहयोग गरेको जनाएको छ । साथै खोलामा मोटरबल पुल निर्माण गरेको आयोजनासम्म पुग्ने बाटो निर्माण गरेको छ । आयोजनाले युवालाई लक्षित गर्दै युथ क्लबहलाई सहयोग गर्दै आएको उनले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३