विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनमा २४० मेगावाटका जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अघि बढाएका ०.६ मेगावाटदेखि ८६ मेगावाटसम्म ९ आयोजना त्यस क्षेत्रमा निर्माण तथा अध्ययन भइरहेका छन् ।

त्यस कोरिडोरमा ८६ मेगावाटको सोलु–दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु निर्माणाधीन अवस्थामा छन् । यस्तै, सोलुका सहायक खोला जुनबेँसी र सिसा खोलामा केही आयोजना अध्ययन भइरहेका छन् ।

त्यस कोरिडोरमा २३.५ मेगावाटको सोलु खोलाको भने निर्माण पूरा भइसकेको छ तर प्रसारण लाइनको काम पूरा नहुँदा वैकल्पिकरूपमा ३३ केभी लाइनमा जोडिएको छ । प्रसारण लाइन समयमा पूरा नहुँदा यस आयोजनाको करिब ६ मेगावाट विद्युत्मात्र प्रणालीमा आवद्ध भइरहेको छ ।

यस कोरिडोरमा निर्माणाधीन सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु–दूधकोसी हो । जुन साहास ऊर्जा कम्पनीले निर्माण गरिरहेको छ । करिब ११.८६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ११ बैंकले ८.६५ अर्ब रुपैयाँ ऋण लगानी  गरेका छन् ।

२७ प्रतिशत स्वपुजी लगानी रहेको आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिकरणको तिङ्ला सबस्टेसनमा जोडिनेछ । विद्युत्गृहदेखि सबस्टेसनसम्मको १२ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

सोलु खोलाको विद्युतगृहमुतिबाट संरचना सुरु हुने गरी ८२ मेगावाटको तल्लो सोलु निर्माण भइरहेको छ । यो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सोलु हाइड्रो पावर कम्पनीले जनाएको छ ।

करिब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण २०७३ साउनदेखि सुरु भएको थियो । आयोजनामा ५ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।
यसैगरी, १९.८ मेगावाटको माथिल्लो सोलु पनि यही कोरिडोरमा निर्माण भइरहेको अर्को आयोजना हो । यसको सिभिल संरचना निर्माणको काम आधा भन्दा बढी पूरा भएको बेनी हाइड्रो पावर कम्पनीले जनाएको छ । कम्पनीले २०७३ बाट सुरु गरेको आयोजनाको सबै संरचनाको काम एक साथ भइरहेको छ । चालू आवभित्रै पूरा हुने आयोजना ३.२९ करोड रुपैयाँमा सकिँदैछ ।

सोलुको सहायक खोला जुनबेँसीमा ५ मेगावाटको जुनबेँसी निर्माणाधीन छ । दोभान हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजना १.१५ करोड रुपैयाँमा पूरा गर्ने लक्ष्य छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोलुको सहायक सिसा खोलामा २ मेगावाटको सिसाखोला निर्माणको तयारीमा छ । जसको विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको कम्पनीले जानकारी दिएको छ । मध्यसोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्ने ९.५ मेगावाटको मध्यसोलुको विद्युत् विकास विभागले साउन २२ गते उत्पादन अनुमतिपत्र दिएको छ ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्ने १२ मेगावाटको दूधकुण्ड–सोलुले २०७६ मंसिर १८ गते विभागबाट अनुमतिपत्र लिएको थियो । यस कोरिडोरमा निर्माण भइरहेको सबैभन्दा सानो आयोजना ०.६ मेगावाटको सल्लेरी च्याल्सा हो ।

निर्माणाधीन सबै आयोजना विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी सोलु कोरिडोरमा जोडिनेछन् । यीमध्ये तल्लो सोलु, माथिल्लो सोलु र जुनबेँसी चालू आवभित्र सम्पन्न हुने आयोजना हुन् । प्रसारण लाइनको निर्माणले गति नलिँदा प्रवद्र्धकले आयोजना निर्माणको गति पनि सुस्त छ ।

निर्माणाधीन प्रसारण लाइनमा स्थानीयले अवरोध गरेपछि काम रोकिएकोे छ । ९८ प्रतिशत निर्माण पूरा भएको लाइनको उदयपुरको कटारी–४, मरुवामा स्थानीयले अवरोध गरेपछि काम रोकिएको आयोजना प्रमुुख जनार्दन गौतमले बताए । उनका अनुसार निर्माण सुरु भएदेखि नै स्थानीयले ऐलानी जग्गाको मुआब्जा भुक्तानी हुनपर्छ भन्दै विवाद गरिरहेका थिए ।

भारतीय एक्जिम बैंकको ऋण लगानी रहेको प्रसारण लाइन २.९० करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइनले सिराहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई छोएर जान्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit