विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिडिल मोदी हाइड्रो पावर कम्पनीले पर्वतमा निर्माण सम्पन्न गरेको १८ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आयोजनाको सिभिल संरचना, उपकरण जडानको काम पुरा गरी उत्पादन परीक्षणको काम सुरु गरिएको हो ।

आयोजनाको सम्पूर्ण काम पूरा गरेर उत्पादन परीक्षण सुरु गर्न सोमबार (मंसिर १९ गते) देखि नै तयारी थालेकाे कम्पनीले जनाएको छ । २०७१ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाको काम ८ वर्षमा सम्पन्न गरी परीक्षण सुरु गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको आयोजना प्रमुख प्रताव खरेलले बताए । ‘निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो’, उनले भने, ‘परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ ।’

 २ सातासम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् ।

आयोजनाको काम करिब ४ अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । सुरुवातमा २ अर्ब ८० करोड  रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो ।आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने लक्ष्य भएपनि आयोजना प्रभावित स्थानीयले पटक–पटक आन्दोलन र विरोध तथा प्राकृतिक विपदका कारण लम्बिएको खरेलले बताए । भूकम्प, बाढी र पहिरा, कारोना महामारीले गर्दा आयोजनाको उत्पादन तालिका प्रभावित भएको हो । सुरुवातमा १५.१ मेगावाट क्षमतामा निर्माण गर्ने भनिएपनि पछि क्षमता विस्तार गरेर १८ मेगावाटमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit