विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सौर्य विद्युत उत्पादनमा स्थापित कम्पनी कुशल प्रोजेक्ट्स नेपाल प्रालिले अध्ययन, खरिद र निर्माण (इपिसी) प्रावधान अनुसारको ठेक्कामा ६ मेगावाटको चौंरी खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । निर्माण सम्बन्धी सम्झौतामा प्रवर्द्धक कम्पनी चौैंरी खोला हाइड्रो पावर प्रालि र कुशल प्रोजेक्टसबीच आज (असार २० गते) सम्झौता भएको छ ।

सम्झौतामा कम्पनीका अध्यक्ष रामचन्द्र न्यौपाने र कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेड तथा प्रबन्ध निर्देशक सन्दिपकुमार अग्रवालले हस्ताक्षर गरे । १ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ७२ प्रतिशत बैंकको लगानी र २८ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाई लगानी व्यवस्था गरिएको छ ।

उत्पादित विद्युत सिन्धुपाल्चोकको चौंरी देउराली–२ स्थित तिल्कु अधिकारी टोलमा निर्माण हुने विद्युतगृहदेखि करिब ३ किलोमिटरको दूरीको काफ्लेमा प्रस्तावित ३३÷११ केभी सबस्टेसनमा जोडिनेछ । वार्षिक ३ करोड ५५ लाख युनिट विद्युत उत्पादन हुने आयोजनाका लागि बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ (८ महिना) र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ  (४ महिना) मा विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।

अबको दुई महिनाभित्र डिजाइन पूरा गरी आगामी हिउँददेखि निर्माण सुरु गरिने कुशल प्रोजेक्ट्सका अध्यक्ष तातेडले बताए । १४ महिनाको निर्माण अवधिभित्र सम्पूर्ण काम पूरा गरेर विद्युत उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले बताए । अहिलेसम्म आयोजना निर्माणस्थल पुग्ने पहुँचमार्ग तथा आवास निर्माण भइसकेको प्रवर्द्धक कम्पनीले जानकारी दियो ।

हरित तथा नवीकरणीय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्यअनुसार सौर्य विद्युत हुँदै जलविद्युत आयोजना निर्माणमा समेत सक्रियता बढाइएको ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । ‘हामीले अहिलेसम्म २४ मेगावाट सौर्य विद्युत उत्पादन गरी ग्रिडमा प्रवाह गरिसकेका छौं, विस्तारै हरित हाइड्रोजन अमोनिया विकासको योजना अगाडि बढाइएको छ ।’

कम्पनी अपि पावरले प्रवर्द्धन गरेका ३ सौर्य विद्युत, जिआई सोलारद्वारा प्रवद्र्धित ६.८ मेगावाट लगायत आयोजना समय र लागतभित्र निर्माण गरिसकेको छ । हाल प्राधिकरणले सौर्य विद्युतको पिपिए अगाडि नबढाएको र यो खुल्ना साथ ४०–५० मेगावाटका सौर्य आयोजना अगाडि बढाउने गरी तयारी भइरहेको अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit