विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइन आगामी चैतदेखि सञ्चालनमा आउने भएको छ । ९६ प्रतिशत निर्माण पूरा भएको २६ किलोमिटर प्रसारण लाइन लक्ष्यभन्दा १ वर्ष ढिलो गरी सञ्चालनमा आउन लागेको हो ।

यो प्रसारण लाइन आयोजना २०७७ बैशाखदेखि  नै सञ्चालनमा ल्याउने तयारी थियो । तर, निर्माण पूरा भइनसकेकाले अबको ३ महिनापछि मात्रै सञ्चालनमा आउने आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । उनका अनुसार प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘यो प्रसारण लाइन पहिले नै पूरा भइसक्नु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना (कोभिड–१९) महामारीको असरले लामो समय निर्माण प्रभावित हुँदा अवधि लम्बियो ।’ उनले प्रसारण लाइनको सबै टावरको जग खनेर सकिएको बताए ।

प्रसारण लाइनको ८४ टावरमध्ये ७७ वटा खडा भइसकेको छन् । १३ किलोमिटर तार तानेर सकिएको पनि उनले बताए । अहिले ६ किलोमिटर क्षेत्रमा तार तान्ने काम भइरहेको छ ।

यस्तै, प्रसारण लाइन अन्तर्गतको समुन्द्रटार सबस्टेसन निर्माण पूरा भएको छ । अबको एक सातामा सबस्टेसनको परीक्षण सुरु गर्ने तयारी छ । सबस्टेसनको परीक्षण १ महिनासम्म चल्ने थापाले बताए ।

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरणले त्रिशूली रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न सन् २०१६ देखि यो प्रसारण लाइन निर्माण भइरहेको हो । चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन पूरा गर्न १ अर्ब ५१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यो प्रसारण लाइन सञ्चालनमा आउँदा करिब २ सय ७० मेगावाट हाराहारीमा विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनमा जोडिने गरी अहिले ३५.३ मेगावाटका ७ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माण पूरा भएको ५ मेगावाटको आँधीशक्ति जलविद्युत आयोजनाको विद्युती पनि यही प्रसारण लाइनमा जोडिनेछ । यी आयोजनाको विद्युत त्रिशूली ३ ‘बी’ हब सबस्टेसन हुँदै काठमाडौं आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit