विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रदेश नम्बर १ सोलुखुम्बु जिल्लामा पहिचान भएको १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजनाको काम साढे ४ वर्षमा सम्पन्न गर्ने भएको छ । जिल्लाको महाकुलुङ्ग गाउँपालिका भएर बग्ने बुदुम खोलामा अघि बढ्न लागेको आयोजनाको काम २०८३ चैत भित्र पुरा गरिने भएको हो । 

अध्ययन पुरा भएको आयोजनाको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालसँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाज पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ । 

नदी बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २.६६ घनमिटर प्रति सेकेन्ड र कुल हेड ६३४.८० मिटर रहनेछ । यो आयोजनाबाट वार्षिक सरदर ८५.५७ गिगावाट घण्टा विद्युत उतपादन हुने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्य संरचनाहरु बुदुम खोलाको दायाँ किनामा पर्दछन् । खोलामा बाँध बाधी खोलाको दायापट्टि निर्माण हुने इन्टेक पाइपबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुदै विद्युत गृहमा लगिनेछ र तत् पश्चात पानीलाई होङ्गु खोलामा पठाइनेछ । 

३० मिटर लम्बाई २२ मिटर चौडाई भएको विद्युत गृहमा २ वटा ७५०० किलोवाट क्षमताको पेल्टोन टर्वाइनहरुमा पानी खसाली सो टर्वाइनसँग जोडिएको दुईवटा ८५२९ केभिको ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

विद्युत गृह नजिकै स्वीच्यार्ड निर्माण गरिनेछ र उत्पादित ऊर्जालाई नेपाल विद्युत प्राधिकरणको २६ किलोमिटर लामो  १३२ केभि प्रसारण लाइन मार्फत तिग्ङला सबस्टेसनमा जोडिनेछ । 
आयोजना निर्मा गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय  असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit