विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चीनले ब्रम्हपुत्र नदीमा ६० हजार मेगावाटको विशाल जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । सन् २०३० अघि नै उच्चतम कार्वन न्युनिकरण गरिसक्ने तथा सन् २०६० भित्र शुन्यमा झार्ने उद्देश्यले ब्रम्हपुत्र नदीको माथिल्लो तट (तिब्बतमा यार्लुङ साङ्पो भनेर चिनिने नदी ) मा आयोजना निर्माण गर्न लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको चौधौं पञ्च वर्षिय योजनामा परेको यो आयोजनाको निर्माण प्रक्रिया सन् २०२१ देखि सुरु गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमरूले जनाएका छन् । पावर चाइना कन्स्ट्रक्सन कर्पोरेशन (पावर चाइना) ले आयोजना निर्माणको काम अघि बढाउने उल्लेख छ । 

चीनले केही समय अघि नै यार्लुङ साङ्पो नदीमा आयोजना निर्माण गर्न लागेको जनाए पनि पावर चाइनाका अध्यक्ष यान झियोङले केही दिनअघि सञ्चार माध्यममा बोलेपछि अहिले यो आयोजनाको चर्चा चुलिएको छ । यान झियोङको खुलासापछि भारतले माथिल्लो तटमा विशाल जलाशय आयोजना निर्माण गर्दा यसको प्रतिकुल असर तल्लो तटिय क्षेत्रमा पर्ने भन्दै कडारूपमा बिरोध जनाएको छ ।

आयोजना निर्माण हुन लागेको खबरले अहिले दुई देशबीच पानीको बाँडफाँडलाई लिएर टकराव देखिएको छ । चीनले जलाशयका लागि पानी रोक्ने हुँदा तल्लो तटमा बग्ने पानीको आपूर्ति बन्द हुन सक्ने भारतको चिन्ता छ ।

भारतीय अधिकारीले तिब्बतमा यति ठूलो जलाशय आयोजना निर्माण गर्दा बाढीको खतरा बढ्नुका साथै तल्लो तटमा  पानीको कमी हुने चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । तिब्बतबाट बगेर आउने ब्रम्हपुत्र नदी भारत हुँदै बंगालादेशमा पुगेर बंगालको खाडीमा मिसिन्छ ।  

चीनले निर्माण गर्ने आयोजनाको बाँध विश्वकै ठूलो हुने बताइएको छ । यो आयोजना सम्पन्न भई विद्युत उत्पादनको चरणमा जाँदा वार्षिक ३ सय अर्ब युनिट विद्युत उत्पादन हुनेछ । यो आयोजनाको क्षमता थ्री गार्जेजको बाँधको भन्दा ३ गुणा बढी रहेको खबरमा उल्लेख छ । यता चीनले पनि आयोजना निर्माण गर्दा बाँधले पानीको बहावलाई नियमित गर्ने हुँदा तल्लो तटमा कुनै प्रतिकुल असर नपर्ने प्रष्ट पारेको छ । 

चीनले यार्लुङ साङ्पो नदीमा ५ वटा बाँध निर्माण गर्ने योजना बनाएको छ । जसमा दुई वटा पूरा भइसकेका छन् । बाँकीको प्रक्रिया अघि बढिरहेको छ ।

भारतले पनि १० हजार मेगावाटको आयोजना निर्माण गर्ने 
चीनले नदीको माथिल्लो तटमा विशाल आयोजना निर्माण गर्न लागेपछि यता भारतले पनि १० हजार मेगावाटको आयोजना निर्माणको प्रस्ताव गरेको छ । भारतले । उत्तर पूर्वी अरुणाञ्चल प्रदेश भएर बग्ने नदीमा आयोजना निर्माणको योजना अघि सारेको हो । 

भारतको जलशक्ति मन्त्रालयका आयुक्त (ब्रम्हपुत्र र बाराक) टिएस मेहराले चीनले निर्माण गर्ने जलाशयको बाँध निर्माण गर्दा पर्न सक्ने प्रतिशकुल प्रभाव कम गर्न अरुणाञ्चलमा पनि बाँध निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । आफुले गरेको प्रस्ताव सरकारको उच्चतम स्तरमा विचाराधिन रहेको उनले बताए । मेहराले भारतले चीनले माथिल्लो तटहमा जलाशय जलविद्युत आयोजना निर्माण गर्दा भारतलाई प्रतिकुल असर पर्न नहुने कुरा औपचारिकरूपमा राखिसकेको पनि बताए ।  

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit