विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सन् २०४० सम्म २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने भुटानको लक्ष्य

काठमाडौँ । सन् २०४० सम्म २० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य लिएको भुटानले आउने ५ वर्षभित्र जडित क्षमता थप ३ हजार मेगावाटभन्दा बढी पुर्‍याउने प्रक्षेपण गरेको छ । हाल भुटानको कूल जडित क्षमता करिब २ हजार ६ सय मेगावाट रहेको छ ।

प्रक्षेपणअनुसार भुटानले उपलब्धि हासिल गरेको खण्डमा आउने ५ वर्षभित्र उसको कूल जडित क्षमता करिब ५ हजार पुग्ने देखिन्छ । भुटानको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयका अनुसार आगामी ५ वर्षभित्र ३ हजार १ सय १९ मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना छ ।

मन्त्रालयका अनुसार निर्माणाधीन १ हजार २ सय मेगावाटको पुनासङ्चु–१ र १ हजार मेगावाटको पुनासङ्चु–२ सहित साना आयोजना निर्माण गरी उक्त क्षमता पुर्‍याउने लक्ष्य राखिएको छ । यसपछि, सन् २०४० को लक्ष्य भेट्नका लागि थप १५ हजार मेगावाट आवश्यक पर्ने जनाइएको छ । लक्ष्यअनुसार जलविद्युत् उत्पादनका लागि भुटानले ५२७ अर्ब नेगुल्ट्रम (भुटानी रुपैयाँ) बराबरको बजेट अनुमान गरिएको छ, जसमा ५० प्रतिशत हिस्सा ऋणमार्फत जुटाउने लक्ष्य रहेको बताइएको छ ।

भुटानको जलविद्युत्‌मा भारतका टाटा पावर, अदानी समूह, रिलायन्स र जिएमआरले इच्छा देखाइरहेका छन् । खोलुङ्चु आयोजना निर्माणका लागि भने ड्रुक ग्रीन पावर कर्पोरेशन र टाटा पावरबीच सम्झौता भइसकेको छ । कर्पोरेशनका अनुसार १ हजार १ सय २५ मेगावाटको दोर्जीलुङ आयोजना निर्माण गर्न १.५० अर्ब अमेरिकी डलरबराबरको लागत प्रक्षेपण गरिएको छ । त्यसका लागि विश्व बैंकले ३० करोड अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यसैगरी, न्येरा र बुनखा जलविद्युत् आयोजनाका लागि भुटान सरकारले एसियाली विकास बैंक (एडिबी) मार्फत लगानी ल्याउने प्रयास गरिरहेको छ । जलविद्युत्ले मात्र भविष्यको ऊर्जाको माग पूरा गर्न नसक्ने हुँदा ५ हजार मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन गर्ने पनि सरकारको योजना रहेको छ ।

उल्लिखित लक्ष्य पूरा गर्न सरकारले १३औं र १४औं पञ्चवर्षीय योजनामा उचित बजेट ५२७ अर्ब नेगुल्ट्रम प्रक्षेपण गरेको छ, यो बजेट कूल अनुमानित लगानी २६ अर्ब अमेरिकी डलरमध्ये जम्मा २५ प्रतिशतमात्र हो ।

स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहे पनि असम्भव नरहेको सरकारका अधिकारीहरूले बताएका छन् । पुनासङ्चु–१ र २ का लागि भने भारतले लगानी गर्ने प्रतिबद्धता जनाइएको छ । साना जलविद्युत् तथा सौर्य आयोजनाका लागि पनि केही भारतीय बैंक, युरोपियन इन्भेष्टमेन्छ बैंक (ईआईबी), ओपेक फण्ड, जाइका, एडिबी लगायतबाट लगानी सुरक्षित गरिएको जनाइएको छ ।

ठूला आयोजनाका लागि सरकारले द्विपक्षीय र बहुपक्षीय दाता, एक्जिम बैंक, व्यावसायिक कर्जा, ग्रीन फण्ड, क्लाइमेट फाइनान्स, पूर्वाधार लगानी कोष र सार्वजनिक–निजी साझेदारी (पीपीपी) जस्ता स्रोतबाट पुँजी जुटाउने लक्ष्य लिइएको छ । ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री जीम छिरिङले भने, ‘हामीले वाङ्चु र खोलुङ्चु आयोजनाका लागि क्रमशः अदानी र टाटा पावरसँग सम्झौता गरिसकेका छौँ । खोलुङ्चु आउने सेप्टेम्बरमा निर्माण सुरु गरी सन् २०२६ मा पूरा हुनेछ भने वाङ्चु यसै वर्षको अन्तिमबाट निर्माणमा जानेछ ।’

स्राेत : एजेन्सी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३