विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजना निर्माणमा ढिलाइ गर्दा १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित भएको छ । बेनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाबाट पुसभित्र विद्युत उत्पादन गर्ने योजना भए पनि  विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा तालिका प्रभावित हुन पुगेको हो ।

सुरुवातमा २०७६ पुसभित्र विद्युत उत्पादन गर्ने लक्ष्य थियो । प्रसारण लाइन समस्याकै कारण २०७७ पुससम्म विद्युत उत्पादनको तालिका सारिएको थियो । यो एक वर्षमा पनि प्रसारण लाइन नबनेपछि २०७८ साउनसम्मका लागि फेरि तालिका सारिएको आयोजना प्रमुख समन मानन्धरले बताए ।

विभिन्न स्थानमा देखिएको स्थानीय अवरोधले प्रसारण लाइन नसकिएपछि निर्माणको गति कम गरेर आयोजनामा काम भइरहेको उनले बताए । उनका अनुसार आयोजनाको ८० प्रतिशत निर्माण पूरा भइसकेको छ ।

‘आयोजनाको बाँध क्षेत्रका संरचना निर्माणको काम सकियो । सुरुङ पूरा हुन अब २ सय मिटर मात्रै बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतगृहमा काम भइरहेको छ ।’ उनले २६ सय मिटर लामो आयोजनाको मुख्य सुरुङ फागुनभित्र खनेर सकिने बताए । आयोजनाको विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरणहरू आउन सुरु गरेको पनि उनले बताए ।

सबै उपकरण आइसकेपछि जडानको काम सुरु गरिने पनि उनले बताए । प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।आयोजनामा ४ बैंकले लगानी गरेका छन् ।

आयोजना सम्पन्न भएपछि सोलु कोरिडोरको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । याे आयाेजना १८ मेगावाटमा बनाउन  सुरु गरिएकाे थियाे । निर्माणका क्रममा क्षमता विस्तार गरेर १९.८ मेगावाट बनाइएकाे छ ।

२०७१ साउनमा आयोजनाको अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनःअनुमति दिएपछि निर्माण सुरु गरिएको थियो ।

सोलु बेसिनमा माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, तल्लो सोलु, जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । प्रसारण लाइन समस्याकै कारण निर्माण सम्पन्न भइसकेको साढे २३ मेगावाटको सोलु खोला आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन पाएको छैन ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit