विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा डेभलपर्स कम्पनीले नवीकरणीय ऊर्जाको स्रोतबाट १ हजार मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । कम्पनीले २०८७ सालसम्ममा जलविद्युतसहित अन्य नवीकरणीय ऊर्जाका विभिन्न स्रोतबाट कार्वनमुक्त ऊर्जा उत्पादन गर्ने भएको हो ।

कम्पनीले नवीकरणीय ऊर्जाको विकासका लागि सहकार्य गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्तीय कर्पोरेशन (आइएफसी)सँग सम्झौता गरेको छ । सम्झौतामा कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेल र आएएफसीका नेपाल, बंगालादेश र भुटान हेर्ने वेन्डी वर्नरले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कम्पनीले नवीकरणीय ऊर्जाको विकासका क्रममा उच्च प्राविधिक ज्ञान तथा प्रविधिको उपयोग गरी वातावरणीय एवं सामाजिक उत्तरदायित्व बहन गरिने पोखरेलले बताए । उनले कम्पनीले जलविद्युत आयोजनाको छनोट, अध्ययन, डिजाइन, वित्तीय स्रोत व्यवस्थापन, निर्माण, सञ्चालन एवं मर्मत र विद्युत व्यापारका लागि आइएफसीसँग मिलेर काम गर्ने बताए । 

उनले आइएफसीसँगको सहकार्यका क्रममा जलविद्युत विकासमा लैङ्गिक विविधता तथा समान सहभागितालाई पनि ध्यान दिइने बताए । कन्ट्री म्यानेजर वर्नरले लगानीका अवसर भएको क्षेत्रमा आइएफसीले कम्पनीसँग सम्झौता गरेको बताइन् । उनले नेपालमा कोरोना (कोभिड–१९) महामारीपछिको अवस्था सहज बनाउन जलविद्युतमा वैदेशिक लगानी आवश्यक रहेको बताइन् ।

ऊर्जा डेभलपर्श कम्पनीले नवीकरणीय ऊर्जाको दिगो विकास हुने गरी स्वच्छ ऊर्जा उत्पादनका साथै दक्षिण एसियाली देशसम्म बजार प्रवद्र्धनको काम गर्दै आएको छ । स्थापना भएको ४ वर्षमा कम्पनीले ३ सय ५० मेगावाटका जलविद्युत आयोजनालाई निर्माणको विभिन्न चरणमा पुर्याएको छ ।

९.५१ मेगावाटको माइबेनी र ६.२ मेगावाटको तल्लाे जाेगमाई आयाेजना  चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी निर्माण भइरहेको कम्पनीले जनाएको छ । माइबेनीको प्रवर्द्धक सामलिङ्ग पावर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया पनि अघि बढाएको छ ।

कम्पनीको सहायक मेवा डेभलपर्स कम्पनीमार्फत ताप्लेजुङको मेवा खोलामा ४९ मेगावाटको मध्य मेवा अर्धजलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit