images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा निर्माणाधीन ४ मेगावाटको माथिल्लो छ्याङ्दी खाेला जलविद्युत आयोजनाले आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । ७० प्रतिशत निर्माण पूरा भएको आयोजनाले अबको ४ महिनामा विद्युत उत्पादन सुरु गर्न लागेको हो ।

आयोजनाको महत्वपूर्ण कामहरू सम्पन्न भइसकेकाले लक्ष्यभन्दा करिब ५ महिना अगाडि नै विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार २०७८ भदौमा आयोजना सम्पन्न गर्ने तालिका छ ।

‘हाम्रो लक्ष्य त गत असारमै उत्पादन सुरु गर्ने थियो, ’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना (कोभिड–१९) महामारीको असरले आयोजनाको निर्माण प्रभावित हुँदा केही ढिलो हुन गयो । अब चैतभन्दा ढिलो हुँदैन ।’ उनले आयोजनाको सबै संरचनाको निर्माण अन्तिम चरणमा बताए । 

बाँध क्षेत्रका संरचना निर्माणको काम सम्पन्न भइसकेको पनि थापाले जानकारी दिए । पाइप लाइनको ५० प्रतिशत बढी काम सकिएको छ । विद्युतगृहको संरचना तयार भइसकेको छ । 

अब केही दिनभित्रै विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुँदैछ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत उदिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । 

आयोजना सम्पन्न हुँदा ७६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ५६ करोड रुपैयाँ ऋण लगानी बैंकको छ ।२० करोड स्वपुँजी लगानी छ ।आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकले पनि लगानी गरेको छ ।

स्वपुँजी लगानी जुटाउन कम्पनीले ८ लाख ९० हजार कित्ता (३० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद सेयर निष्कासन गर्न प्रक्रिया पुर्याएर चाँडै नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिइने उनले बताए । कम्पनीले यसअघि निर्माण गरेको २ मेगावाटको छ्याङ्दी खोला साना जलविद्युत आयोजना सञ्चालनमा छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit