विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साढे ३५ मेगावाटको राहुघाट मंगले जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दीको राहुगांमा टुन्डी पावर कम्पनीले आयोजनाको संरचना बनाउन सुरु गरेको हो ।

आइतबार आयोजना स्थल पर्ने बन्दीघाटी गाउँपालिकाका अध्यक्ष भवनबहादुर भण्डारीले शिलान्यास गरेर निर्माणको थालनी गरेको प्रवर्द्धक कम्पनीका महाप्रबन्धक इन्द्र ढकालले बताए । उनका अनुसार एकै पटक आयोजनाको बाँध, सुरुङ र विद्युतगृहका संरचनाको काम सुरु गरिएको छ ।

बाँध र विद्युतगृहको निर्माण रामेछाप शेर्पा कन्स्ट्रक्सन कम्पनीले तथा सुरुङ निर्माणको काम साउथ एसियन इन्फ्रा स्ट्रक्चर कम्पनीले गरिरहेको छ । आयोजनामा ५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । साउन एसियनले ४ स्थानबाट सुरुङ खन्ने भएको छ ।  

अबको ३६ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको पनि ढकालले जानकारी दिए । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा कुमारी बैंकको अगुवाईमा विभिन्न बैंकले कूल लागतको ७० प्रतिशत ऋण लगानी गरेका छन् । ३० प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजना सम्पन्न भइपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्डमा लगेर जोडिनेछ । स्वीयार्डसम्म आवश्यक १८ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ । 

यो आयोजनासँगै कम्पनीले साढे ४८ मेगावाटको माथिल्लो राहुघाटको आयोजना पनि अघि बढाउने गरी अनुमतिपत्र लिइसकेको छ । माथिल्लो राहुघाट राहुघाट मंगलेको क्यासकेड आयोजना हो । टुन्डी पावर टुन्डी समूहको सहायक कम्पनी हो । टुन्डी समूहले पुर्वाधारण निर्माणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit