विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोसी प्रदेशमा पहिलो पटक निजी क्षेत्रको लगानीमा ६.८ मेगावाट बराबरको सौर्य विद्युत केन्द्रीय प्रणालीमा जोडिएको छ । जिआई सोलार प्रालिले निर्माण गरेको उक्त परिमाणको विद्युत २०७९ साल चैत १४ गतेदेखि प्रणालीमा जोडिएको हो ।

औद्योगिक कोरिडोरसमेत रहेको मोरङको बूढीगंगा गाउँपालिकामा निर्मित आयोजनाबाट १५ दिनसम्म परीक्षण उत्पादन गरी गत चैत ३० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको कम्पनीले जानकारी दिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत करिब ३ किलोमिटर दूरीमा निर्मित नेपाल विद्युत प्राधिकरणको ३३ केभी बाँसबारी मल्टिफ्युलको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको ३३ केभी भूमिगत डबल सर्किट प्रसारण लाइन आफैंले निर्माण गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार कृषि भूमिलाई असर नपर्ने गरी आधुनिक प्रविधिबाट निर्माण गरिएको आयोजना मनमोहन प्राविधिक विश्वविद्यालय, धरान प्राविधिक कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि अध्ययन केन्द्र हुने दाबी गरिएको छ । कृषि सम्बन्धमा उपयुक्त बोट विरुवा उत्पादन गर्ने विषयमा अध्ययन भइरहेको र देशको कृषि क्षेत्रमा कार्यरत सरकार तथा गैरसरकारी क्षेत्रलाई समेत सहभागी गराएर अगाडि बढ्ने योजना रहेको आयोजनाका कार्यकारी निर्देशक गणेशबहादुर ढुंगानाले बताए । नयाँ प्राविधिक मोडलमा आयोजना उपयोगमा आउने पनि उनले बताए ।

कोरोना महामारीको प्रतिकूल समयमा निर्माण सुरु गरे पनि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको ११ महिनामा आयोजना पूरा भएको कम्पनीको दाबी छ । वार्षिक करिब १६ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाको पिपिए प्रतियुनिट ७.३० रुपैयाँमा गरिएको छ ।

अमेरिका निवासी गालबबहादुर ढुंगानाको परिवारको ७० करोड रुपैयाँ निर्माण पूरा भएको आयोजनामा एनएमबी बैंकले ८० प्रतिशत ऋण प्रवाह गरेको छ । आगामी दिनमा सौर्य विद्युत उत्पादनमा थप लगानी गर्ने योजनाका साथ प्रक्रिया सुरु भएको गणेश ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit