विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जासम्बन्धी हालै गरेको निर्णयको सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (सोपान) ले स्वागत गरेको छ । सौर्य ऊर्जाको महत्व बुझी यसको विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउन लागेको निर्णयकाे स्वागत गरेको हो ।

प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पिपिए भइसकेका आयोजनाहरूलाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पिपिए गर्ने निर्णय गरेको थियो । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरूको पिपिए हुँदै आएको थियो ।

नेपालमा हाल कायम असन्तुलित विद्युत् आपूर्तिलाई न्यूनीकरण गरी सुख्खायाममा भारतबाट विद्युत आपूर्ति कम गर्दै नेपाललाई ऊर्जामा स्वावलम्बी बनाउन सक्ने सोलार आयोजनालाई प्राेत्साहन गर्नुपर्ने सोपानको भनाई छ । सौर्य आयोजनाहरूलाई प्रोत्साहन भएमा सुक्खायाममा देखिने ऊर्जा असन्तुलनलाई छोटो समयमा नै निराकरण गर्न सकिने हाम्रो विश्वास छ,’ सोपानले जारी गरेको विज्ञप्तिमा छ ।

यद्यपि, जलविद्युत आयोजनाले पाउने वार्षिक वृद्धिको सुविधा सौर्य ऊर्जाले पनि पाउनुपर्ने सोपानको माग छ । सोपानले सौर्य ऊर्जाका उपकरण करिब ७० प्रतिशत आयात गर्नुपर्ने, अमेरिकी डलरको भाउ वृद्धि भइरहने, छिमेकी देशले सौर्य ऊर्जालाई दिइएको सुविधा नजरअन्दाज गर्दै गत २०७८ मा कायम भएको अधिकतम प्रतिस्पर्धी दर लगायतले प्रवर्द्धकहरू उत्साहित हुन नसकेको साेपानकाे बुझाइ छ ।

प्राधिकरणले, विद्युत् नियमन आयोग लगायतका सम्बन्धित निकायले सौर्य ऊर्जामा ध्यान दिई ७०० देखि ८०० मेगावाटका परियोजनाको पिपिए खुलाउने निर्णयको स्वागत गर्दै सोपानले ऊर्जा विकासमा भएका समस्याहरूको समाधानको व्यवस्था गर्न पनि माग गरेको छ । जसले गर्दा छोटो समयमा नै सक्खायाममा समेत आन्तरिक उत्पादनले नै विद्युतमा आत्मनिर्भर भई निर्यात बढाउने तर्फ अघि बढ्ने र ऊर्जा मिश्रणमा सौर्यको याेगदान बढ्ने सोपानको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३